Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

फागुन र चैत्रमा प्राधिकरणका ४९ कर्मचारीले अनिवार्य अवकास पाउँदै

ऊर्जा खबर भदौ २४, २०७६   3916

खबर



काठमाडौं– आगामी फागुन र चैत्र महिनामा नेपाल विद्युत प्राधिकरणका ४९ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । उमेर हद तथा सेवा अवधि पुगेका १० देखि २ तहका कर्मचारीले अवकास पाउन लागेका हुन् ।

गत भदौ २० गतेको निर्णय अनुसार अवकास पाउनेमा १० तहका रतन बहादुर ऐर छन् । चमेलिया जलविद्युत आयोजनाका प्रबन्धकले आगामी चैत्र १० गते अनिवार्य अवकास पाउने भएका छन् ।

ad

यस्तै, चुहावट नियन्त्रण महाशाखामा कार्यरत उप–प्रबन्धक थिर कुमार खत्रीले आगामी फागुन १२ गते अवकास पाउन लागेका हुन् । इन्जिनियर सेवा निर्देशनालयका सहायक निर्देशक सुर्य बहादुर बजगाईले पनि सेवाबाट अवकास पाउँदै छन् । बजगाई चैत्र २० गते अवकास हुने प्राधिकरणले जनाएको छ ।

बद्री नारायण चौधरीले पनि चैत्र ३ गते अनिवार्य अवकास पाउँदै छन् । चौधरी इनरुवा वितरण केन्द्रका इन्जिनियर हुन् । तह ६ का ८ जना कर्मचारीले अनिवार्य अवकास पाउँदै छन् ।

यस्तै, तह ५ का १४, तह ४ का ६, तह ३ का ७ र तह २ का १० कर्मचारीले आगामी चैत्रभित्र अवकास पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका विभिन्न वितरण केन्द्र, जलविद्युत आयोजनालगायतका कार्यालयमा कार्यरत सेवा अवधि पुगेका कर्मचारीले अवकास पाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस