Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणका घुस्याहा कर्मचारी विरुद्व अख्तियारले मुद्दा हाल्यो

ऊर्जा खबर भदौ २५, २०७६   5158

खबर



काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने नेपाल विद्युत प्राधिकरणका कर्मचारी विरुद्व विशेष अदालत काठमाडौंमा मुद्दा हालेको छ । आयोगले घुस लिने प्राधिकरण परासी वितरण केन्द्रको त्रिवेणी उप–केन्द्रका प्राविधिक सुपरभाइजर विजय महरा र फोरम्यान मेघराज काफ्ले विरुद्व मुद्दा दायर गरेको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) कोे (घ) बमोजिम जरिवाना र कैद सजाय हुन माग गर्दै साेमबार (भदाै २३ गते) मुद्दा दायर गरेको छ ।

ad

उनीहरुले थ्रीफेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग पटक पटक घुस लिएको पृष्टि हुन आएको आयोगले जनाएको छ । आयोगका अनुसार गत साउन २९ गते थ्रीफेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग ४६ हजार ५ सय ५५ रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरुलाई रङगेहात पक्राउ गरिएको थियो । यसअघि पनि महरा र काफ्लेले ९० हजार रुपैयाँ घुस लिइसकेको पुष्टि भएको छ ।

सिराहा वितरण केन्द्रका कर्मचारी ८० हजार घुस सहित पक्राउ

प्राधिकरण सिराहा वितरण केन्द्रका औरही नोलाइटका कर्मचारी ८० हजार घुसहित पक्राउ परेका छन् । नोलाइट सिराहामा कार्यरत ३ तहका छेदीलाल शाह सुनारलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गत सोमबार (२३ गते) घुस सहित पक्राउ गरेको हो ।

सुनारले करारको कर्मचारी भर्ना गरिदिन्छु भनी प्रलोभनमा पारी दुई जनासँग पटकपटक नगद तथा बैंक दाखिलसमेत गरी प्रतिव्यक्ती १ लाख ५० हजारका दरले ३ लाख रुपैयाँ घुस लिइसकेको आयोगले जनाएको छ । यस्तै, पुन एक जनासगँ ३० हजार र अर्कोसगँ ५० हजार गरी जम्मा ८० हजार रुपैयाँ माग गरेको जानकारी पाएर आयोगले घुसहित सुनारलाई पक्राउ गरेको हो । अख्तियारले पक्राउ परेका सुनारविरुद्व थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस