Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणका १ सय ५७ कर्मचारीको सरुवा

ऊर्जा खबर कार्तिक ०४, २०७६   6037

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत १ सय ५७ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण सञ्चालक समितिको २०७६ असोज ३० गतेको निर्णय अनुसार कर्मचारीको जिम्मेवारी तोकिएको हो ।

एउटै कार्यालयमा तोकिएको अवधि पूरा भएको, बढुवा गरिएका, कार्य मुल्याङकनको आधारमा विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उनीहरुलाई वितरण केन्द्र, प्रादेशिक कार्यालय, आयोजना, प्राविधिक सेवा विभागलगायतका कार्यालयमा जिम्मेवारी तोकिएको छ ।

ad

प्राधिकरणले ड्राइभर देखि उप–प्रबन्धकसम्मका कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा उप–प्रबन्धक, इलेक्ट्रिकल इन्जिनियर, सिभिल सहायक इन्जिनियर, सहायक इलेक्ट्रीक इन्जिनियर, फोरमेन, हेल्पर, सुपरभाइजर, लेखापाल, ड्राइभरलगायतका विभिन्न तहमा कार्यरत कर्मचारी रहेका छन्   ।

प्राधिकरणले यस अघि गत भदौ ३१ गतेको निर्णय अनुसार ७ देखि १० तहका १३ कर्मचारीको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="