Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पुस र माघमा प्राधिकरणका ५५ कर्मचारीले अवकास पाउँदै

ऊर्जा खबर श्रावण ०७, २०७६   3393

खबर



काठमाडौं- आगामी पुस र माघ महिनामा नेपाल विद्युत प्राधिकरणका ५५ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । उमेर हद  तथा सेवा अवधि पुगेका ११ देखि २ तहका कर्मचारीले अबको ७ महिनाभित्रमा अवकास पाउन लागेका हुन् ।

ad

अवकास पाउनेमा ११ तहका तिरपेश्वर पूर्बे र प्रितमलाल प्रधान छन् । पूर्बे सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभाग र प्रधान आधिखोला जलविद्युत आयोजनाका निर्देशक हुन् ।

पूर्बे पुस ४ र प्रधान माघ १० गते सेवाबाट अवकास हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ट्रान्सफर्मर घाेटालामा मुछिएर निलम्बनमा परेका निर्देशक कैलाशप्रसाद अटल पनि सेवाबाट अवकास हुँदैछन् । उनले माघ ६ गते अवकास पाउँदैछन् । ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेकाे अभियाेग लागेका अलट २०७० साउन २२ गते स्वतः निलम्बनमा परेका थिए ।

यस्तै, कार्यकारी निर्देशककाे सचिवालयकी निर्देशक गुणलक्ष्मी श्रेष्ठ डंगोलले माघ १५ गते अवकास पाउन लागेकी छन् । ठिमी वितरण केन्द्रका प्रशासकीय अधिकृत बलबहादुर थापाले पनि सेवाबाट अवकास पाउँदैछन् । उनी माघ १२ गतेबाट अवकास हुने प्राधिकरणले जनाएकाे छ ।

पुस र माघ महिनामा अवकास पाउने बाँकी कर्मचारी ६ देखि २ तहका छन् । प्राधिकरणले अवकास पाउने सबै कर्मचारीकाे नामावली सार्वजनिक गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="