Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ज्यालादारी कर्मचारीको माग सम्बोधन गर्न कुलमान घिसिङकाे ध्यानाकर्षण

ऊर्जा खबर श्रावण ०७, २०७६   4897

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन) ले ज्यालादारी कर्मचारीले अघि सारेका माग सम्बोधन गर्न नेतृत्व(कुलमान घिसिङ) को ध्यानाकर्षण गराएको छ । युनियनले विज्ञप्ति निकालेर ज्यालादारी कर्मचारीका जायज माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

ad

युनियनले ज्यालादारी केन्द्रीय संघर्ष समितिले घिसिङलाई सोमबार बुझाएको ज्ञापनपत्रमा उल्लेखित माग सम्बोधन गरेर जीवन यापन गर्नसक्ने पारिश्रमिकसहितको सेवा सुविधा दिन माग गरेको छ । ‘कर्मचारीले राखेको माग युनियनको ८७ सुत्रीय माग पत्रको ३८ नम्बर बुँदामा छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अब युनियनको प्रतिनिधि पनि रहने गरी समिति बनाएर ज्यालादारीको तथ्यांक संकलन गरेर रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।’

ज्यालादारी कर्मचारी स्थानी हुनबाट बन्चित भएपछि उनीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । लोक सेवा आयोगको पछिल्लो निर्णय बमोजिम स्थायी सेवामा आवेदन दिन नपाउने भएपछि उनीहरु रुष्ट भएका हुन् । संघर्ष समितिले सोमबार घिसिङलाई ज्ञापनपत्र बुझाएका थिए ।

याे पनि पढ्नुहाेस्

प्राधिकरण सेवामा ज्यालादारी कर्मचारी अयोग्य, देशैभरिबाट फेरि आन्दोलन सुरु

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="