Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणले सरकारलाई साढे १५ अर्ब रुपैयाँ तिर्यो

ऊर्जा खबर श्रावण २, २०७६   4331

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सरकारलाई साढे १५ अर्ब रुपैया तिरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष (२०७५÷७६) विभिन्न शिर्षकमा उक्त रकम सरकारलाई बुझाएको हो ।

सरकारबाट सहुलियतदरमा ऋण लिएको १ अर्ब रुपैयाँ सावा सरकारलाई बुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विगत वर्षमा विभिन्न चरणमा लिएको सहुलियत ऋणको ब्याजबापतको १३ अर्ब १६ करोड रुपैयाँ सरकारले बुझेको छ ।

ad

यस्तै, रोयल्टीको बापतको रकममात्रै १ अर्ब ४४ करोड रुपैयाँ प्राधिकरणले तिरेको छ । जलविद्युत बिक्रीबाट आर्जन गरेको रकमको रोयल्टी प्राधिकरणले तिरेको हो ।

गत आवमा सबै शिर्षकमा गरी १५ अर्ब ५९ करोड रुपैयाँ सरकारको खातामा जम्मा गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="