Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरण कर्मचारीलाई ८ करोड प्रोत्साहन भत्ता बाँडिँदै

ऊर्जा खबर श्रावण २, २०७६   7160

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ३४औं वार्षिकोत्सवको अवसरमा सबै कर्मचारीलाई प्रोत्साहन भत्ता बाँड्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबारकाे बैठकले प्रतिकर्मचारी ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

ad

गत वर्ष प्रतिकर्मचारी ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको प्राधिकरणले यसपटक ४ हजार रुपैयाँ बढाएर दिन लागेको हो । गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्राधिकरणले यसपटक स्थायी र ज्यालादारी कर्मचारीका लागि प्रोत्साहन भत्ता छुट्याएको छ ।

९ हजार स्थायी र साढे २ हजार ज्यालादारीसहित साढे ११ हजार कर्मचारीले यो प्रोत्साहन भत्ता पाउने भएका छन् । सबै कर्मचारीलाई ७ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता बाँड्दा प्राधिकरणको ८ करोड ५ लाख रुपैयाँ खर्च हुनेछ । प्राधिकरणले हरेक वर्ष वार्षिकोत्वको अवसरमा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने गरेको छ ।

यस्तै, कर्मचारीले बढेको तलब पनि यसै महिनाबाट पाउने भएका छन् । अघिल्ला वर्षमा बढेको तलब दशैंदेखिमात्रै पाउने गरेकामा यस पटक साउनदेखि नै दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="