Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरण क्षेत्रीय कार्यालयको नाम अब ‘प्रादेशिक कार्यालय’

ऊर्जा खबर श्रावण ३०, २०७६   2945

खबर



काठमाडौं-नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै क्षेत्रीय कार्यालयलाई प्रदेश मातहतमा लगेको छ । प्राधिकरणले संघीय संरचनाअनुसार क्षेत्रीय कार्यालयलाई प्रदेशअन्तर्गत समायोजन गरेको हो ।

ad

संघीय संरचनाअनुसार क्षेत्रीय कार्यालयलाई समायोजन गरेर ‘प्रादेशिक कार्यालय’ नामाकरण गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका क्षेत्रीय कार्यालय र वितरण केन्द्रलाई प्रदेश मातहतमा लगिएको हो ।

अब ७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने भएका छन् । यसअघिको हैटौंडा क्षेत्रीय कार्यालयलाई प्रदेश–३ को डिभिजन कार्यालय बनाइएको छ । नेपालगन्ज क्षेत्रीय कार्यालय प्रदेश–५ को डिभिजन कार्यालय बनेको छ । यसअघिको संरचना अनुसार प्रदेश–३ मा काठमाडौं र हेटौंडा तथा प्रदेश–५ मा बुटवल र नेपालगन्ज क्षेत्रीय कार्यालय थिए ।

प्राधिकरण संचालक समितिको गत पुस (२०७५) १८ मा बसेको ७ सय ८३ औं बैठकले क्षेत्रीय कार्यालय र त्यस मातहत रहेका वितरण केन्द्रलाई संघीय संरचनाबमोजिम संचालन तथा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । प्राधिकरणले बुधबारबाट क्षेत्रीय कार्यालय र वितरण केन्द्र समायोजन गर्ने निर्णय कार्यान्वयमा ल्याएको हो ।

प्रदेश–१ को प्रदेशिक कार्यालय विराटनगरअन्तर्गत २४ वितरण केन्द्रहरु राखिएको छ । यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर, ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई प्रदेश–१ को प्रादेशिक कार्यालय मातहतमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

यस्तै, प्रदेश–२ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत २३ वितरण केन्द्रहरु राखिएको छ । यसअघि हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका विरगंज, सिमारा, कलैया,गौर,चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई प्रदेश–२ प्रादेशिक कार्यालयमा समायोजन गरिएको हो ।

प्रदेश–३प्रादेशिक कार्यालय काठमाडौं र हेटौडा डिभिजन कार्यालयअन्तर्गत क्रमश: २० र ६ वितरण केन्द्रहरु राखिएको छ । यसअघि जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई समायोजन गरेर हेटौडा डिभिजन कार्यालय अन्तर्गत रहने व्यवस्था गरिएको छ ।

गण्डकी प्रादेशिक कार्यालय पोखराअन्तर्गत १३ वटा वितरण केन्द्रहरु रहने छन् । यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत ल्याइएको छ ।

प्रदेश–५को बुटवल प्रादेशिक र नेपालगंज प्रदेश डिभिजन कार्यालयअन्तर्गत क्रमश ः ११ र १० वितरण केन्द्रहरु रहने गरी समायोजन गरेको प्राधिकरणले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेत र सदूरपश्चिमको अत्तरिया प्रादेशिक कार्यालयअन्तर्गत क्रमश ः १० र १२ वितरण केन्द्रहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="