Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणको ३४औं वार्षिकोत्सव, उत्कृष्ट २८ संस्था र १५ कर्मचारी पुरस्कृत

ऊर्जा खबर भदौ ०१, २०७६   3944

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले उत्कृष्ट काम गर्ने आफ्ना २८ संस्था र १५ कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्राधिकरणको आइतबार (भदौ १ गते) भएको ३४औ वार्षिक साधारणसभामा यसरी सम्मान गरिएको हो ।

उत्कृष्ट नतिजा ल्याउने गरी काम गरेका जलविद्युत आयोजना, वितरण केन्द्र तथा ट्रान्सफर्मर मर्मत केन्द्रलाई सम्मानपत्र र कर्मचारीलाई कदरपत्र तथा २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । सम्मानित हुने संस्था तथा कर्मचारी वितरण तथा ग्राहक सेवा निर्देशनालयका छन् ।

ad

उत्पादन निर्देशनालयअन्तर्गत ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाले प्रतिकूल अवस्थामा पनि अहोरात्र काम गरेर विद्युत उत्पादन गरेकोमा सम्मान गरिएको हो । आयोजना निर्देशक फणिन्द्रराज जोशीले सम्मानपत्र ग्रहण गरेका थिए ।

सोही निर्देशनालयअन्तर्गत सञ्चालनमा रहेका १ सय ४४ मेगावाट कालीगण्डकी–ए, ९२ मेगावाट कुलेखानी जलाशय, ७० मेगावाट मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र पनि उत्कृष्ट काम गर्ने संस्थामा परेका छन् । ती विद्युत केन्द्रका प्रमुखहरू क्रमशः राजेशकुमार पाण्डे, रामकुमार यादव र पशुपति गौतमले सम्मान लिएका थिए ।

यस्तै, प्रणाली सञ्चालन विभागले पनि कदरपत्र पाएको छ । प्रसारण ग्रिड शाखा अन्तर्गत ४ सस्थालाई उत्कृष्ट काम गर्ने संस्थाको रुपमा सम्मान गरिएको छ । ढल्केवर ग्रिड शाखा, काबेली कोरीडोर, लमही–घोराही, मध्यमस्र्याङ्दी–डुमे्र–दमौली प्रसारण लाइन आयोजना पनि सम्मानित भएका छन् ।

प्रादेशिक कार्यालयअन्तर्गत प्रदेश १ बाट विराटनगर, दुहबी, सिराहा वितरण केन्द्रले कदरपत्र पाएका छन् । प्रदेश २ बाट गौशाला, कलैया र चन्द्रनिगाहपुर वितरण केन्द्र सम्मानित भएका छन् ।

यसैगरी, प्रदेश ३ का बानेश्वर, रामेछाप वितरण केन्द्र तथा ट्रान्सफर्मर वर्कसप उत्कृष्ट काम गर्ने सूचीमा परेका छन् । गण्डकी प्रदेशको गोरखा वितरण केन्द्र उत्कृष्ट काम गर्ने संस्थामा परेको छ । उता प्रदेश ६ का बुटवल, तौलिहवा र कोहलपुर वितरण केन्द्र उत्कृष्ट संस्थामा गनिएका छन् ।

प्राधिकरण केन्द्रीय कार्यालयअन्तर्गत कर्मचारी कल्याण महाशाखा, आयोजना व्यवस्थापन निर्देशनालयअन्र्तगत वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना बुटवल डिभिजन सम्मानित भएको छ । सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपाल, सुपर माई हाइड्रो पावर र सामुदायिक ग्रामीण विद्युतीकरण बालुवा काभ्रेलाई पनि कदरपत्र दिइएको छ ।

यसैगरी, प्राधिकरणअन्तर्गत विभिन्न कार्यालयमा कार्यरत १५ कर्मचारी उत्कृष्ट काम गरेबापत पुरस्कृत भएका छन् । सम्मान हुनेमा उत्पादन निर्देशनालयका मेकानिकल इन्जिनियर शिवकुमार थापा र इलेक्ट्रिकल इन्जिनियर नविना शाव, सहायक प्रबन्धक बलभद्र अधिकारी छन् ।

दुहबी ग्रिड शाखाका इलेक्ट्रिकल सुपरभाइजर तुलसीनन्द चौधरी, अत्तरिया क्षेत्रीय कार्यालयका इन्जिनियर चिजबहादुर गुरुङ, कञ्चनपुर वितरण केन्द्रका सिनियर मिटर रिडर कामेश्वर कुसियत उत्कृष्ट कर्मचारी ठहरिएका छन् ।

पोखरा तथा काभ्रे वितरण केन्द्रका राजेन्द्र हमाल र जिवनाथ ढकाल, बुटवल क्षेत्रीय कार्यालयका तिलकबहादुर क्षेत्री, माटो, ढुङ्गा तथा कंक्रिट महाशाखाका भगवान न्यौपाने, योजना अनुगमन तथा सस्थागत महाशाखाका इन्जिनियर ओमप्रकाश मण्डल पनि पुरस्कृत भएका छन् ।

विद्युत व्यापार विभागकी मेकानिकल इन्जिनियर मन्दिरा अधिकारी, कानुन विभागका सहायक कानुन अधिकृत रामप्रसाद कर्मचार्य, बजेट तथा टे«जरी महाशाखाका सहायक कम्प्युटर अधिकृत नविन पौडेल, कार्यकारी निर्देशक सचिवालयका सहायक कम्युटर अधिकृत प्रकाश आचार्य पनि उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस