Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणमा २५ वर्ष सेवा गरेका ११ सय कर्मचारीलाई दीर्घसेवा पदक दिइँदै

ऊर्जा खबर श्रावण २८, २०७६   2805

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गर्ने भएको छ । २०५० भदौ १ देखि २०५१ साउनसम्म सेवा प्रवेश गरेका ११ सय ४ जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गर्न लागिएको हो ।

प्राधिकरणले ३४औं वार्षिकोत्सवको अवसरमा आगामी सनिबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा विशेष कार्यक्रमको आयोजना गरेर सूचीमा परेका सबै कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गर्ने तयारी गरेको छ ।

ad

दिर्घसेवा पदक पाउनेमा निर्देशकदेखि कार्यालय सहयोगीसम्म छन् । दिर्घसेवा पाउनेमा ११ तहका कानुन विभागका निर्देशक बलप्रसाद शर्मा एक्लै छन् । अन्य कर्मचारीमा ७ तहका २० तथा ६ तहका ३० जना छन् ।

यस्तै, ५ तहका ३ सय २६ जना कर्मचारी पदक पाउने सूचीमा परेको प्राधिकरण छन् । पदक तथा उपहार प्रबन्ध उपसमितिले जनाएको छ । उपसमितिका अनुसार बाँकी सबै कर्मचारी ४ देखि १ तहसम्मका छन् । दिर्घसेवा पदक पाउने कर्मचारी प्राधिकरणका वितरण केन्द्र, निर्देशनालय, ग्रिड शाखा तथा कानुन विभागका कर्मचारी छन् ।

यसैगरी, प्राधिकरणले ३४औं वार्षिकोत्सवको अवसर पारेर एक वर्षभित्र अवकास पाएका ३ सय ७१ कर्मचारीलाई उपहार पदक दिने भएको छ । २०७५ भदौ १ देखि २०७६ साउनसम्म अनिवार्य अवकास पाएका सबै कर्मचारीलाई उपहार पदक प्रदान गर्न लागेको हो ।

उपहार पदक पाउनेमा उपकार्यकारी निर्देशकदेखि कार्यालय सहयोगीसम्म छन् । पदक पाउनेमा १२ तहका ५, ११ तहका १२ र १० तहका १० कर्मचारी छन् । बाँकी सबै ९ तहदेखि मुनिका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="