Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

महसुल नतिर्ने ग्राहकको धमाधम लाइन काट्दै बानेश्वर वितरण केन्द्र

ऊर्जा खबर चैत ०१, २०७५   505

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको धमाधम लाइन काटेको छ । वितरण केन्द्रले चालु वर्षको ८ महिनामा ८ सय ८१ ग्राहकको लाइन काटेको छ ।

महसुल तिर्न अटेर गर्नेको लाइन काटेर २ करोड ५९ लाख २३ हजार रुपैयाँ असुल गरेको वितरण केन्द्र प्रमुख बाबुराम सुवेदीले बताए । उनका अनुसार यही अवधिमा हुकिङ गरेर विद्युत चोरी गर्ने ३४ जनालाई कारबाही भएको छ । उनीहरुबाट १९ लाख ९० हजार ८ सय रुपैयाँ जरिवाना उठेको छ ।

केन्द्रले २०७३ भदौयता ३२ ग्राहकको वर्ग परिवर्तन गरेर १ करोड ४ लाख ६७ हजार ५ सय रुपैयाँ संकलन गरेको पनि सुवेदीले बताए ।

किर्तिपुर वितरण केन्द्रले विद्युत चोरबाट असुल्यो ४१ लाख

नेपाल विद्युत प्राधिकरण किर्तिपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने ग्राहकलाई कारबाही गरेर ४१ लाख रुपैयाँ जरिवाना असुलेको छ । केन्द्रले गत साउन यता विद्युत हुकिङ तथा मिटर बाइपास गरेर विद्युत चोरी गर्नेलाई कारबाही गरेर जरिवाना असुलेको हो ।

८ महिनाको अवधिमा ६४ ग्राहक कारबाहीमा परेको वितरण केन्द्र प्रमुख माधवप्रसाद पौडेलले बताए । उनका अनुसार चुहावट नियन्त्रण अभियान अन्तर्गत गरिएको नियमितमा गस्तीका क्रममा स्थानीय ग्राहक कारबाहीमा परेका हुन् । केन्द्रको अहिलेको विद्युत चुहावट ४.५५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="