Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बुटवल प्रादेशिक कार्यालयका २० कर्मचारी सरुवा

ऊर्जा खबर भदौ ०२, २०७६   869

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालय (क्षेत्रीय कार्यालय) ले विभिन्न तहमा कार्यरत २० कर्मचारीको सरुवा गरेकोे छ । प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ५० (१क) र ५१ (२ख) बमोजिम प्रादेशिक कार्यालयले कर्मचारी सरुवा गरेको हो ।

५ देखि २ तहका कर्मचारीको सरुवा गरिएको कार्यालयले जनाएको छ । २ वर्ष अवधि पूरा भएका कर्मचारीको बुटवल मातहतका वितरण केन्द्र तथा कार्यालयमा सरुवा गरिएको छ ।
सरुवा हुनेमा तह २ र ३ का २/२ जना, तह ४ का ११ जना र तह ५ का ५ जना रहेका छन् । तह ५ का रौशन कुमान मिश्र, राम बहादुर विश्वकर्मा, भिख नारायण चौधरी, जितेन्द्रबहादुर श्रेष्ठ र सुरेन्द्र प्रसाद पाण्डेयलाई क्रमशः कावासोती, नयामिल, परासी, पाल्पा, कुष्णसार वितरण केन्द्रमा सरुवा गरिएको छ ।

ad

यस्तै, तह ४ का पोम बहादुर घिमिरेलाई नयामिल, मोतीलाल कुवँर र तेज बहादुर परिवारलाई परासी, अमित कुमार रेस्मीलाई भैरहवा, भक्तबहादुर झेडीलाई पाल्पा र माधव पन्थलाई बुटवल वितरण केन्द्रमा सरुवा गरिएको छ ।

निहारीप्रसाद चौधरी, राजमन कोइरी, शुभाषचन्द्र खनाल, गिरीराज पराजुली, रेनु शर्मालाई क्रमशः परासी, भैरहवा, अर्घाखाँची र बाँकीलाई बुटवल वितरण केन्द्रमा सरुवा गरिएको छ ।

तह ३ का दिपक रोका र सोनाम चौधरीलाई क्रमशः नयामिल र परासी वितरण केन्द्रमा र तह २ का टुकराज पाण्डे र चुडामणी न्याउपानेलाई नयामिल र बुटवल वितरण केन्द्रमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस