Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

करारमा जागिर लगाइदिने भन्दै ४ लाख घुस लिने छेदिलाल विरुद्व विशेष अदालतमा मुद्दा

ऊर्जा खबर असोज १०, २०७६   2860

खबर



काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने नेपाल विद्युत प्राधिकरणका कर्मचारी विरुद्व विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ । करारमा जागिर लगाइदिने भन्दै पटक-पटक गरी करिब ४ लाख रुपैयाँ घुस लिने प्राधिकरण सिराहा वितरण केन्द्र औरही नो लाइटमा कार्यरत ३ तहका छेदिलाल साह सुनार विरुद्व मुद्वा दायर गरिएकाे हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) कोे (घ) बमोजिम जरिवाना र कैद सजाय हुन माग गर्दै बुधबार (असोज ८ गते) मुद्दा दायर गरेको आयोग प्रवक्ता एवं सूचना अधिकारी प्रदीपकुमार कोइरालाले बताए ।

ad

सुनारले करारमा कर्मचारी भर्ना गरिदिन्छु भनी प्रलोभनमा पारी दुई जनासँग पटक-पटक घुस लिएको पृष्टि हुन आएको आयोगले जनाएको छ । आयोगका अनुसार गत २३ गते करारम कर्मचारी भर्ना गरिदिने भन्दै सराेजकुमार यादव र  लक्ष्मीनारायण यादवसँग ३० हजार तथा ५० हजार रुपैयाँ गरी जम्मा ८० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा  रङगेहात पक्राउ गरिएको थियो । यसअघि पनि सुनारले दुई जनासँग पटक-पटक नगद तथा बैंक दाखिला समेत गरी प्रतिव्यक्ति १ लाख ५० हजारका दरले ३ लाख रुपैयाँ घुस लिइसकेको पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="