Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरण ट्रेड युनियन निर्वाचन, साढे ८ हजार कर्मचारीले भोट हाल्न पाउने

ऊर्जा खबर बैशाख ०४, २०७६   3203

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल कर्मचारी ट्रेड युनियनको आगामी बैशाख १९ गते हुने छैटौं निर्वाचनमा साढे ८ हजार कर्मचारीले मतदान गर्ने भएका छन् । प्राधिकरणमा कार्यरत १ देखि ९ तह (कार्यलय प्रमुख बाहेक) का कर्मचारीले मतदान गर्न लागेका हुन् ।

देशभरका मतदान अधिकृत कार्यालयले निर्वाचनमा सहभागी हुने कर्मचारीको अन्तिम नामावली बुधबार प्रकाशित गरेका छन् । प्राधिकरण आधिकारिक ट्रेड युनियन निर्वाचन अधिकृत कार्यालयको निर्देशनपछि कर्मचारीको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

निर्वाचनमा सहभागी हुने  ट्रेड युनियनका लागि बिहीबार उमेद्वारी दर्ता गराउने समय तोकिएको छ । बिहान ११ देखि २ बजेसम्म उमेद्वारी दार्ता तथा दाबी बिरोधको काम सम्पन्न हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस निकट कर्मचारी संघले तयारी नपुगेको भन्दै निर्वाचन सार्न माग गरे पनि प्राधिकरण व्यवस्थापनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने तयारी गरेको छ । संघबाहेकका नेकपा (नेपाल कम्युनिष्ट पार्टी) निकट राष्ट्रिय कर्मचारी युनियन र राप्रपा निकट कर्मचारी कल्याण परिषद निर्वाचनको पक्षमा उभिएका छन् । संघ निर्वाचनमा सहभागी नभए २ ट्रेड युनियनबीच प्रतिश्पर्धा गराउने तयारी प्राधिकरणले गरेको छ ।

१९ गते हुने निर्वाचनका लागि देशभरमा १ सय २४ मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा सहभागी हुने कर्मचारीले बिहान ९ देखि अपरान्ह ४ बजेसम्म मतदान गर्नेछन् । निर्वाचन सम्पन्न गराउन प्राधिकरण कानुन विभागका निर्देशक बेलप्रसाद शर्मालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । यसअघि भएका ५ निर्वाचनमा ३ पटक तत्कालिन कर्मचारी युनियन र २ पटक कर्मचारी संघ विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="