Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरण कर्मचारीले हालेकाे मुद्दामा सरकारका नाममा कारण देखाऊ आदेश

ऊर्जा खबर असार २२, २०७६   6643

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीले आफ्नो हक–हितविरुद्ध हुने गरी संशोधन भएको ‘सेवा विनियमावली’ विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

ट्रेड युनियन कर्मचारी संगठनले कर्मचारीका पक्षमा दायर गरेको मुद्दामा न्यायाधीश हरिप्रसाद फुयालको इजलाशले आज (आइतबार) यस्ताे आदेश जारी गरेको हो । सञ्चालक समितिले कर्मचारी संगठनसँग परामर्श नगरी सम्पूर्ण कर्मचारीको वृतिविकास रोकिने गरी विनियमावली संशोधन गरेको भन्दै शुक्रबार (असार २० गते) आधिकारिक ट्रेड युनियन तथा संयाेजक रामेश्वरप्रसाद पाैडेलसेतले मुद्दा हालेका थिए ।

लोक सेवा आयोगले पनि ३५ वर्ष नाघेको पुरुषले निजामति वा सरकारी सेवा प्रवेश गर्न नपाउने व्यवस्था गरेको छ । प्राधिकरणले पनि यसैलाई अनुशरण गर्दै ३५ वर्ष उमेर पुगेकाले खुला प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था गरेको थियो ।

संशोधित विनियममा एक र दुई तहका कर्मचारीको बढुवा नगर्ने, अधिकृत वा ६ वा ७ तहका लागि बढुवा परीक्षा दिन स्नातक पास गरेको हुनुपर्ने, सिटिइभिटीबाट मान्यता प्राप्त सीप सिकाइको मूल्यांकन नहुने लगायत सर्त थिए । सर्वोच्चले प्राधिकरणले गरेकाे विनियम संशाेधनमा के कसाे भएकाे हाे भन्दै यसकाे कारण खुलाउन आदेश दिएकाे छ ।

४ तह वा फोर मेनका लागि परीक्षा दिन ओभरसियर पास हुनुपर्ने गरी विनियमावली संशोधन भएको थियो । सर्वोच्चले अघिल्लो विनियअनुसार अर्थात् सबओभरसियरले पनि ४ तहमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ । ७ तहबाट ८ तहमा बढुवा हुन ५ वर्ष अवधि पूरा हुनुपर्ने सर्त थियो । अब ४ वर्ष भएपछि बढुवा खुला हुनेछ ।

यसैगरी, ९ तहबाट १० तहबा बढुवा हुन वा पुरानो ८ वर्षे अवधि छोट्याएर ६ वर्षे बनाइएको थियो । सर्वोच्चले अघिल्लो ८ वर्षे समयावधिलाई नै निरन्तरता दिन निर्देश गरेको छ । यद्यपि, प्राधिकरण तथा सरकारले कारण पेस गरेपछि मुद्दाको अन्तिम फैसला हुने र उल्लेखित सबै विषयकाे टुंगाे लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="