Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणका १९ कर्मचारीको फेरबदल, कसैको २ वर्षमा चार पटक सरुवा

ऊर्जा खबर श्रावण २४, २०७६   6176

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत १९ कर्मचारीको सरुवा गरेको छ । सञ्चालक समितिको २०७५ पुस १८ गतेको निर्णयअनुसार कार्यकारी निर्देशकले हिजो (बिहीबार) सरुवा गरेका हुन् ।

केन्द्रीय कार्यालय, वितरण केन्द्र र क्षेत्रीय कार्यालयमा कार्यरत ५ देखि ११ तहसम्मका कर्मचारीको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उनीहरू प्रादेशिक कार्यालय, ग्रिड महाशाखा र सो मातहत डिभिजन कार्यालयमा सरुवा भएका छन् ।

ad

११ तहका तिरपेश्वर पूर्वेलाई सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभागबाट इनर्जी इफिसियन्सी तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ । यस्तै, विभिन्न कार्यालयमा कार्यरत १० तहका ९ जना, ९ तहका ५ जना, ८ तह १ जना, ७ तहका २ जना र एक जना ५ तहका कर्मचारी सरुवा भएका छन् ।

जनकपुर, विराटनगर, पोखरा, हेटौंडा, नेपालगन्ज क्षेत्रीय तथा डिभिजन कार्यालयमा कर्मचारी फेरबदल भएका छन् । जनकपुर तथा विराटनगर प्रादेशिक कार्यालयमा मनोजकुमार सिंह र श्रीराम राज पाण्डे सरुवा भएका छन् । उनीहरू यसअघि नेपालगन्ज र हेटौंडा डिभिजनमा थिए ।

पाण्डे साढे २ वर्षमा ४ पटकसम्म सरुवा हुने कर्मचारीमा परेका छन् । २ वर्षअघि मध्यभोटेकोसीमा रहेका उनलाई ६ महिनामै राहुघाट सरुवा गरिएको थियो । त्यहाँबाट दुई महिना अघिमात्र हेटौंडा डिभिजनमा आएका उनी अहिले विराटनगर पठाइएका छन् । हेटौंडा डिभिजन भएको र पाण्डे १० तहमा वरिष्ठ कर्मचारी भएकाले विराटनगर प्रादेशिकमा पठाइएको जनाइएको छ ।

यसैगरी, पोखरा र कर्णाली प्रादेशिक कार्यालयमा टेकनाथ तिवारी तथा सुरेन्द्रप्रसाद अग्रहरीले जिम्मेवारी पाएका छन् । नेपालगन्ज र हेटौंडा डिभिजनमा मुनिन्द्र ठाकुर तथा केदारराज सिलवाल सरुवा भएका छन् । लामो समयदेखि एकैठाउँमा कार्यरत वा सबैलाई अनुकूल हुने गरी कर्मचारी सरुवा गरिएकोे प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="