Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणमा १६ सय कर्मचारी सरुवा, व्यवहारिक कठिनाई हुनेले रमाना लिन नपर्ने

ऊर्जा खबर असार ०१, २०७६   6471

खबर



काठमाडौं–  नेपाल विद्युत प्राधिकरणले झन्डै १६ सय कर्मचारीको एकै पटक सरुवा गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैशाख २९ गतेको ७९६औं बैठकको निर्णयअनुसार सरुवा तथा काज फिर्ता गरिएको हो ।

प्राधिकरणले देशभरिकै क्षेत्रीय कार्यालय, वितरण केन्द्र, जलविद्युत आयोजनामा कार्यरत कर्मचारीको सरुवा गरेको छ । माथिल्लो त्रिशूली–३ ‘ए’ तथा कुलेखानी तेस्रो जलविद्युत आयोजनामा कार्यरत केही कर्मचारीको काज फिर्ता पनि गरिएको छ ।

ad

सबै कर्मचारीको बिहीबार सरुवा गरेको प्राधिकरणले केही ठाउँमा कर्मचारीलाई काजमा समेत खटाएको छ । एक तहदेखि नौ तहसम्मका १ हजार ५ सय ७४ कर्मचारी सरुवा गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

लामो समयदेखि एकै ठाउँमा कार्यरत, व्यवहारिक कठिनाई परेका, विरामी भएका र सरुवा हुन चाहेका सबैलाई अनुकूल हुने गरी निर्णय भएको पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कर्मचारी सेवा विनियमावली अनुसार २०७४ चैत, २०७५ असोज र चैतमा हुनुपर्ने नियमित सरुवा रोकिँदा एकै पटक धेरै कर्मचारी सरुवा गर्नुपरेको हो ।

सरुवा गराइपाउँ भनी झन्डै १८ सय कर्मचारीले हस्तलिखित आवेदन दिएका थिए । कर्मचारीको सरुवाकै कारण १० कक्षा वा सोभन्दा तल्लो तहमा अध्ययनरत आफ्ना छोराछोरीलाई समस्या पर्ने भए यसको हकमा सरुवा थमौती हुन सक्ने जनाएको छ ।

अध्ययनरत छोराछोरीको अवस्था, विरामी वा व्यवहारिकरूपले टाढा जान नसक्ने कर्मचारीलाई सोही अनुसार व्यवस्थापन गरिएको सरुवा निर्णयमा उल्लेख छ । विद्यालय अध्ययनरत विद्यार्थीका आमाबुवा वा कर्मचारीले सरुवा भएको कार्यालयमा रमाना हुन असुविधा भए छोराछोरीको भर्ना रसिद, नाता खुल्ने प्रमाणपत्र, यसबारे कार्यरत कार्यालयबाट यकिन गरिएको सिफारिसपत्र पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="