Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४ आयोजनाको अध्ययन पूरा गर्दै एनइए इन्जिनियरिङ

ऊर्जा खबर असार ०८, २०७६   2583

खबर



काठमाडौं- एनइए इन्जिनियरिङ कम्पनीले ४ जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा पुर्याएको छ । कम्सुपनीले १ हजार ५ सय मेगावाट बढीका आयोजनाको अध्ययन सम्पन्न गर्न लागेको हो ।

अहिले अध्ययन भइरहेका ५ मध्ये आउने मंसिरअघि ४ आयोजनाको विस्तृत डिजाइन तयार भइसक्ने कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार अध्ययन सकिन लागेका यी आयोजनाको अन्तरिम डिजाइन तयार भएको छ ।

ad

‘अहिले हामीले ५ वटा आयोजनामा काम गरिरहेका छौं, ’ उनले भने, ‘दशैंदेखि मंसिरको बीचमा ४ आयोजनाको विस्तृत डिजाइन सम्पन्न गर्ने लक्ष्य छ ।’ विद्युत उत्पादन कम्पनीले अनुमतिपत्र पाएका ४ र अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले निर्माण गर्ने एउटा आयोजनाको अध्ययन भइरहेको उनले बताए ।

पूर्वसम्भाव्यता अध्ययनका क्रममा करिब २ हजार १ सय मेगावाट किटान भएका आयोजनाको क्षमता ५ मेगावाटभन्दा बढी घट्ने सम्भावना देखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४ सय २६ मेगावाटको फुकोट कर्णाली, ६ सय ८८ मेगावाटको बेतन कर्णाली, ४ सय ५० मेगावाटको किमाथांका अरुण, ३ सय ५० मेगावाटको जगदुल्ला र २२ मेगावाटको रोल्वालिङ खोलाको अध्ययन भइरहेको छ ।

अध्ययनका क्रममा फुकोट कर्णाली ५ सय मेगावाट, बेतन कर्णाली ४ सय २५ मेगावाट, किमाथांक अरुण ५ सय मेगावाट, जगदुल्ला सय मेगावाट, र रोल्वालिङ २२ मेगावाट कायम भएको छ । जलवायु परिवर्तन र खोला तथा नदीमा पानीको बाहाब कम हुँदा केही आयोजनाको क्षमता कम र केहीको बढी देखिएको हो ।

कम्पनीले फुकोट कर्णाली, जगदुल्ला र किमाथांका अरुणसहित ३ आयोजनाको वातावारणीय अध्ययन पनि गरिरहेको छ ।

कर्णाली प्रदेशमा पहिचान भएको २ हजार मेगावाटकाे मुगु कर्णाली आयोजना अध्ययनकोसमेत कम्पनीले जिम्मा पाएको छ । अबको साढे २ वर्षमा यो आयोजनाको अध्ययन सम्पन्न गर्ने लक्ष्य रहेको शाक्यले बताए ।

एनइए इन्जिनियरिङ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो । यस कम्पनीले ठूला आयोजनाको अध्ययन गर्न थालेपछि विदेशी परामर्शदाताको नियुक्ती गर्ने परम्पराको अन्त्य भएको छ ।

कम्पनीलाई सुरुमा १० आयोजना अध्ययनको जिम्मा दिइएको थियो । देशका ७ सय ५३ स्थानीय निकायमा ग्रिडबाट विद्युत पुर्याउने विषयमा भएको अध्ययन सुरु भएको १७ सातामा पूरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="