Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

गौशाला वितरण केन्द्रले साढे २ करोड जरिवाना असुल्यो, ८३० जनालाई निशुल्क मिटर

ऊर्जा खबर बैशाख ०, २०७६   1423

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्र (महाेत्तरी) ले ९ महिना (चैतसम्म) मा करिब साढे २ कराेड रुपैयाँ असुल गरेकाे छ । चालू आर्थिक वर्षकाे हालसम्मकाे अवधिमा उक्त रकम असुल उपर गरिएकाे हाे ।

केन्द्रका अनुसार चैतसम्म २ करोड ४५ लाख ८२ हजार ९ सय ४५ रुपैयाँ जरिवाना असुल गरिएको छ । लामो समयसम्म विद्युत महसुल नबुझाउने, मिटर र हुकिङ गरेर विद्युत चोरी गर्ने स्थानीयलाई कारबाही गरी जरिवाना असुली गरिएको केन्द्र प्रमुख रोशनकुमार सिंहले बताए ।

‘महशुल नबुझाउने १ हजार २ सय ५० ग्राहकको लाइन काटी २ करोड ११ लाख ४७ हजार ७ सय ५२ रुपैयाँ जरिवाना असुल गरिएको छ,’ उनले भने, ‘महसुल असुल गर्ने कामलाई तीव्रता दिइएकाे छ ।’ यही अवधिमा मिटर बिगारेर र हुकिङ गरेर विद्युत चोरीमा संलग्न ६ सय ३२ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । कारबाहीमा परेका स्थानीयबाट ३४ लाख ३५ हजार १ सय ९० रुपैयाँ असुल गरिएको छ ।

८ सय ३० विपन्न परीवारलाई निशुुल्क मिटर वितरण

केन्द्रले ८ सय ३० विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेकाे पनि जानकारी दिएकाे छ । हुकिङबाट हुने चुहावट नियन्त्रण गर्न निशुल्क मिटर वितरण गरिएको हो । मिटरका लागि २ हजार २ सय विपन्न परिवारको आवेदन परेको पनि सिंहले बताए । उनका अनुसार पहिले आएको बजेटले मिटर वितरण गर्न नपुग्ने भएकाले फेरि क्षेत्रीय कार्यालयसँग २० लाख रुपैयाँ बजेट माग गरिएको छ । केन्द्रकाे चुहावट अहिले २४.०७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="