Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरण ७ लाख विद्युतीय मिटर खरिद गर्दै

ऊर्जा खबर जेठ ३१, २०७६   2670

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ७ लाख विद्युतीय मिटर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । गर्हास्थ उपभोक्ताका लागि सिंगल फेज मिटर खरिद गर्न लागिएको हो ।

मिटर खरिद गर्न भारतको जेनस मिटर्स इन्डिया कम्पनीसँग ठेक्का सम्झौता भएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । उनका अनुसार ठेक्का सम्झौता सक्रिय भएको मितिले ठेढ वर्षभित्र मिटर खरिद प्रक्रिया पूरा हुनेछ ।

‘पहिले इलेक्ट्रोमेकानिकल मिटर आउने गरेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यस पटक इलेक्ट्रोनिक मिटर खरिद गर्दैछौं । इलेक्ट्रोनिक मिटरमा खपत भएको विद्युत परिमाण अंकमा देखिन्छ ।’ भारतीय कम्पनीले ७० करोड रुपैयाँमा मिटर खरिद गर्ने गरी ठेक्का पाएको उनले बताए ।

सबै मिटर भारतबाट खरिद गरिनेछ । राष्ट्रिय प्रणालीको लाइन पुगेको क्षेत्रमा विद्युतीकरण गर्न तथा उपभोक्ताको माग अनुसार वितरण गरिने प्राधिकरणले जनाएको छ ।

अहिले प्राधिकरणका ३५ लाख र सामुदायिक संस्थाबाट विद्युतीकरण गरेका ५ लाख गरी ४० लाख ग्राहकमा विद्युतीकरण गरिएको छ । अब विद्युतीकरण गर्नुपर्ने वा विद्युतको पहुँच पुर्याउनुपर्ने १६ लाख परिवार छन् ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="