Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

घुस माग्ने विद्युत प्राधिकरणका ३ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

ऊर्जा खबर माघ ०३, २०७५   3598

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरण ‘नो लाइट’ शाखा मुलपानीका ३ कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ad

जग्गाबाट बिजुलीको तार तथा पोल हटाइदिने सम्बन्धमा सेवाग्राहीबाट घुस मागेको आरोपमा बुधबार मुद्दा दायर गरिएको हो । उक्त शाखाका इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर (पहिलो तह) काले थापा मगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगबाट खटिएको टोलीले निजहरूलाई १५ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले एक आपसमा मिलेमतो गरी विभिन्न बहानामा घुस मागेको पुष्टि भएको छ ।

ad

अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकाले निजहरूलाई जनही बिगो १५ हजार रुपैयाँ कायम गरिएको छ । र, सोही ऐनको दफा ३ उपदफा (१) र सोही उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद हुन माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="