Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कुलमानले विनियमावली मिचेको भन्दै कर्मचारी अन्दाेलित, मृत्यु भएका खाेमबहादुरको पनि सरुवा

ऊर्जा खबर असार ०२, २०७६   6627

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भर्खरै गरेको कर्मचारी सरुवामा कार्यकारी निर्देशक कुलमान घिसिङले ‘कर्मचारी सेवा विनियमावली’ मिचेको आरोप लगाइएको छ ।

संस्थागत संरचनामा दीर्घकालीन असर पर्ने गरी सरुवा भएको आधिकारिक टे«ड युनियन (राष्ट्रि कर्मचारी युनियन) ले आरोप लगाएको हो । कार्यकारी निर्देशकले मनपरी सरुवा गरेको भन्दै युनियनलगायत कर्मचारी संगठनले असार १ गते (आइतबार) देखि विरोध सुरु गरेका छन् ।

विनियमावली मिचेर सरुवा गर्दा कामको सिलसिलामा मृत्यु भएका व्यक्ति पनि परेको आधिकारिक ट्रेड युनियन अध्यक्ष रामेश्वरप्रसाद पौडेलले बताए । सञ्चालक समिति, व्यवस्थापन र कार्यकारी निर्देशकको मनपरी विरुद्ध अहिले संगठनले केन्द्रीय कार्यालयमा धर्ना दिइरहेको छ ।

बागलुङ वितरण केन्द्रमा कार्यरत रहँदा मृत्यु भएका मिटर रिडर खाेमबहादुर लामिछानेको म्याग्दी सरुवा भएको छ । उनको ६ महिनाअघि नै मृत्यु भएको युनियनले जानकारी दियो ।

प्राधिकरणले सञ्चालक समितिको निर्णय भन्दै गत जेठ ३१ गते गरेको सरुवामा चरम लापरबाही भएको पनि युनियनले जनाएको छ । उसले यसअघि व्यवस्थापनलाई ८७ बुँदै माग पेस गर्दै यसमा ध्यानाकर्षण गराएको थियो । सरुवा हुनुपर्ने कर्मचारी नभएको र गर्नुपर्ने कर्मचारीलाई सारिएको पनि आरोप छ ।

युनियनको मागभन्दा विपरित र विनियमावली लत्याएको भन्दै प्राधिकरणका सम्पूर्ण कर्मचारी आक्रोसित बनेका छन् । उनीहरूले आइतबारदेखि नै कार्यकारी निर्देशकको कार्यकक्ष घेराउ गर्ने र प्रशासन निर्देशनालयअन्तर्गतका सबै शाखामा तालाबन्दी गर्ने तयारी गरेका छन् ।

कुनै कर्मचारीलाई रमाना लिन समस्या भए वा उनीहरूका छोराछोरी कक्षा १० वा सोभन्दा तल्लो तहमा पढिरहेको अवस्थामा सरुवा थमौती हुन सक्ने उल्लेख छ । यसो गर्न विद्यालय भर्ना भएको रसिद, नाता खुल्ने प्रमाणपत्र र यसबारे कार्यरत कार्यालयको सिफारिसपत्र पेस गर्नुपर्ने छ ।

उक्त विषय विनियमावलीमा कहीँ व्यवस्था नभएको युनियनको तर्क छ । यसो हुँदा कर्मचारी लामो समय वा वर्षौंसम्म एकै ठाउँमा रहने र आर्थिक अनियमितता बढ्ने आशंका रहेको पनि युनियनका कर्मचारीको धारणा छ । यस्तो व्यवस्थाले कर्मचारी जसरी पनि एउटै ठाउँमा टिकिरहने बाटो खुलेको अधिकांश कर्मचारीको भनाइ छ ।

याे पनि पढ्नुहाेस्

 

प्राधिकरणमा १६ सय कर्मचारी सरुवा, व्यवहारिक कठिनाई हुनेले रमाना लिन नपर्ने

विद्युत प्राधिकरणले एकै पटक साढे २ हजार कर्मचारी सरुवा गर्दै, चेपुवामा परेकालाई राहत

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="