Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणका ६ कर्मचारीको सरुवा

ऊर्जा खबर जेठ ०२, २०७६   5225

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत ६ जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले यसैसाता १० देखि ७ तहका कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेमा १० तह (प्रबन्धक) का नवराज सुवेदी, श्रीराम पाण्डे र गणेश केसी छन् । सुवदीलाई बुटवल क्षेत्रीय कार्यालयमा सरुवा गरिएकाे छ । उनलाई क्षेत्रीय कार्यालय प्रमुखकाे जिम्मेवारी दिइएकाे छ । उनी यसअघि हेटौंडा क्षेत्रीय कार्यालय प्रमुखकाे जिम्मेवारीमा थिए ।

ad

यस्तै, रहुगंगा हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाण्डे हेटौंडा क्षेत्रीय कार्यालयमा सरुवा भएका छन् । उनलाई क्षेत्रीय कार्यालयको प्रमुख तोकिएको प्राधिकरण जनसाधन विभागले जनाएको छ । विभागका अनुसार रहुगंगामा अर्का प्रबन्धक केसीलाई सरुवा गरिएको छ । उनी यसअघि सान्जेन जलविद्युत कम्पनीमा थिए ।

यसैगरी, ९ तह (उपप्रबन्धक) का अर्पण बहादुर सिंह कुलेखानी तेस्रोबाट सान्जेन जलविद्युत कम्पनीमा आइपुगेका छन् । प्राधिकरणको गुलरिया वितरण केन्द्रमा कार्यरत ७ तहका इन्जिनियर त्रिलोचन भट्टराईलाई रुकुम वितरण केन्द्र प्रमुखको जिम्मेवारी तोकिएको छ । उनले पूर्वी रुकुम वितरण केन्द्र प्रमुखको जिम्मेवारी पनि बहन गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि रुकुम र पूर्वि रुकुम वितरण केन्द्रको प्रमुख जिम्मेवारीमा रहेका ७ तहका इन्जिनियर दिवाकर प्याकुरेल गुलरीया वितरण केन्द्रमा सरुवा भएका छन् । उनलाई केन्द्र प्रमुख तोकिएको छ ।

कर्मचारी सेवा नियमावली २०६२ (संशोधन सहित) को विनियम ३८ मा रहेकाे प्रावधान बमाेजिम कर्मचारीको सरुवा गरि जिम्मेवारी तोकिएको प्राधिकरणको जनसाधन विभागले जनाएको छ ।

 सरुवा भएका कर्मचारीकाे नामावली

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="