Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अब देशभरको विद्युत प्रणाली केन्द्रबाटै नियन्त्रण गर्न सकिने

ऊर्जा खबर असोज १, २०७६   4223

खबर



काठमाडौंनेपाल विद्युत प्राधिकरणले देशभरको प्रसारण तथा वितरण विद्युतीय प्रणाली केन्द्रबाटै नियन्त्रण तथा सञ्चालन गर्न सक्ने भएको छ । आधुनिक उपकरण जडित भार प्रेषण केन्द्र मर्मत तथा स्तरोन्नती गरेर प्रणालीलाई केन्द्रिकृत बनाइएको हो ।

२०७२ बैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्र जर्मन सहयोगमा पुनस्र्थापना तथा स्तरोन्नती गरी अत्याधुनिक बनाइएको छ । काठमाडौं स्यूचाटारस्थित केन्द्रको शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र जर्मन मन्त्री नोरर्बेट बार्थलेले उद्घाटन गरे ।

ad

कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) को पछिल्लो नयाँ भर्सन प्रयोग गरेकाले केन्द्रबाट मुलुकको एकीकृत विद्युत प्रणाली नियन्त्रण तथा सञ्चालन गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘पुरानो प्रविधि र उपकरण प्रयोग गर्दा विद्युत प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा समस्या थियो,’ उनले भने, ‘अब सर्भर, मोनिटर लगायत हार्डवेयर र सफ्टवेयरमा आधुनिक प्रविधि प्रयोग गरिएको छ । यसको प्रभावकारी सञ्चालनबाट प्रणालीको विश्वसनीयता, स्थायित्व र सुरक्षा बढाउँदै गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित हुनेछ ।’

घिसिङका अनुसार अब केन्दबाट विद्युत् माग र आपूर्ति अझ प्रभावकारी र दक्षतापूर्ण तरिकाले व्यवस्थापन तथा सञ्चालन गर्न सकिनेछ । यसबाट प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार हुनेछ ।

कार्यक्रममा मन्त्री पोखरेलले केन्द्र मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनको मेरुदण्ड भएकाले जडान गरिएको नयाँ प्रविधिबाट प्रभावकारी सञ्चालनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै, जर्मन मन्त्री बार्थलेले केन्द्रको आधुनिकरणसँगै दिगो विद्युत आपूर्तिमा सुधार हुने दाबी गरे ।

जर्मन विकास बैंक (केएफडब्लू) मार्फत उपलब्ध गराएको करिब २५ लाख ३० हजार युरो अनुदानमा केन्द्रको आधुनिकरण गरिएको हो । स्तरोन्नतीको काम २०७४ साल माघबाट सुरु भएको थियो । यही परियोजना अन्तर्गत हेटौंडामा आपतकालीन नियन्त्रण केन्द्र (इसिसी) स्थापना गरिएको छ ।

हेटौंडामा पनि स्यूचाटरमा जस्तै अत्याधुनिक उपकरण प्रयोग हुनेछ । विद्युत प्रणाली काठमाडौंबाट सञ्चालन गर्न नसके आपतकालीन रूपमा हेटौंडाबाट सञ्चालन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="