Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कार्ल मार्क्स र मदन भण्डारीका फोटा टाँसेर प्राधिकरणभित्र कम्युनिष्ट गतिविधि

ऊर्जा खबर बैशाख ३१, २०७६   2571

खबर



काठमाडौं– कुनै पनि सार्वजनिक संस्थान स्वायत्त र स्वतन्त्र हुन्छ । त्यो राजनीतिक विचार र आस्थाबाट मुक्त हुनुपर्छ । तर, नेपाल विद्युत प्राधिकरणमा यस्तो देखिँदैन ।

प्राधिकरण खरिपाटी तालिम केन्द्रमा भने कम्युनिष्ट पार्टीका नेताका फोटा र झन्डा गाडेर विभिन्न कार्यक्रम हुँदै आएको छ । संस्थामा कार्यरत कर्मचारीको कुनै राजनीतिक पार्टीप्रति आस्था हुन सक्छ । तर, सिंगो संस्थाले आफ्नो हाताभित्र एउटा निश्चित पार्टीको गतिविधि गर्न सघाउनु दुर्भाग्य हो ।

तालिम केन्द्रमा कार्ल माक्र्स, मदन भण्डारी लगायत नेताको फोटा टाँसिएको छ । नेकपाको झन्डा गाडेर कम्युनिष्ट गतिविधि सञ्चालन गरिएको छ । यसबारे तालिम केन्द्रबाट प्रस्ट जानकारी प्राप्त हुन सकेन ।

केही समयअघि तालिम केन्द्रमा निर्देशकको जिम्मेवारी सम्हालेका तर हाल अवकाश प्राप्त पूर्वकर्मचारी हुमबहादुर केसीले ठाउँ भाडामा लिएको समूहले गतिविधि गरेको बताए । उनका अनुसार मदन भण्डारी स्कुल अफ एसियाले त्यहाँ २१ दिने कार्यक्रम गरिरहेको छ ।

‘प्राधिकरणले खाली ठाउँ विभिन्न व्यक्ति, संघ–संस्था र निकायलाई भाडामा दिने गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसरी भाडामा दिँदा उनीहरूले आफूअनुकूल कार्यक्रम गर्ने गरेका छन् ।’

अघिल्लो वर्ष पनि नेपाली काँग्रेस तथा अन्य पार्टीको कार्यक्रम भएको उनको भनाइ छ । ‘भाडामा दिएपछि कसले कसरी कार्यक्रम गर्छ, त्यता ध्यान दिन गरिएको छैन,’ उनले थपे, ‘कोठा वा हल खाली राख्नुभन्दा भाडामा दिँदा आम्दानी पनि हुन्छ ।’

प्राधिकरणले आफ्नो हाताभित्रको खाली ठाउँ भाडामा दिनुलाई अन्यथा नमानिए पनि खुलेआम पार्टी विशेषका गतिविधि गर्न दिन नहुने प्राधिकरणकै एक उच्च अधिकारी बताउँछन् । ‘यसो हुँदा संस्थामा राजनीतिक हस्तक्षेप बढ्दै जान्छ, संस्थालाई बदनाम गर्ने र छवि धुमिल हुन सक्छ,’ ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="