Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले विद्युत चोरी गर्ने ८३ ग्राहकलाई कारबाही गर्याे

ऊर्जा खबर जेठ ०, २०७६   1362

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विद्युत चोरीमा संलग्न ८३ ग्राहकलाई कारबाही गरेको छ । प्राधिकरणको किर्तीपुर वितरण केन्द्रले चालु वर्षको १० महिना अवधिमा उनीहरुलाई कारबाही गरेको हो ।

हुकिङ र मिटर बाइपास गरेर विद्युत चोरी गर्ने ग्राहकलाई कारबाही गरी जरिवानाबाट साढे ४७ लाख रुपैयाँ असुल भएको वितरण केन्द्र प्रमुख माधवप्रसाद पौडेलले बताए । उनका अनुसार विद्युत चोरी हुन सक्ने सम्भावित ठाँउमा वितरण केन्द्रले निगरानी बढाएको छ ।

चुहावट नियन्त्रण गर्न तथा वितरण प्रणाली सुधार गर्न पाटन सबस्टेसनबाट सञ्चालित फर्पिङ र स्युचाटार सबस्टेसनबाट सञ्चालित रोपवे फिडरको सबै लोड १३२ केभी मातातिर्थ सबस्टेसनमा स्थानान्तरण गरिएको पनि उनले बताए । लोड स्थानान्तरणपछि भोल्टेजको गुणस्तरमा सुधार हुनुका साथै फिडरको दुरी छोटिँदा प्राविधिक चुहावट घटेको केन्द्रको दाबी छ ।

केन्द्रको फर्पिङ र रोपवे फिडरबाट पिक आवरमा करिब ५ मेगावाट विद्युत आपूर्ति हुँदै आएको छ । सुख्खा याममो पिक लोड ६ मेगावाटसम्म पुग्ने अनुमान छ ।

केन्द्रले प्राविधिक चुहावट नियन्त्रण गर्न ट्रान्सफर्मर थप गर्ने, फेज ब्यालेन्स गर्ने, एचटी/एलटी लाइन निर्माण गर्ने तथा नाङ्गो तार हटाउनेलगायत काम गरिरहेको पौडेलले बताए । केन्द्रले चालु वर्ष सकिँदा मौजुदा चुहावट ५.७४ प्रतिशत झार्ने लक्ष्य राखेको छ ।

४० लाख बक्यौता असुल
केन्द्रले महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटेर ४० लाख रुपैयाँ बराबरको बाँकी बक्यौता असुल गरेको छ । केन्द्रले १० महिना अवधिमा साढे २ सय ग्राहकको लाइन काटेर बक्यौता असुलेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="