Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९२१२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०१५ मे.वा. घन्टा
  • भारत : १०९७८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६२०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणले एकै पटक साढे २ हजार कर्मचारी सरुवा गर्दै, चेपुवामा परेकालाई राहत

ऊर्जा खबर जेठ २, २०७६   13390

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कार्यरत करिब साढे २ हजार कर्मचारीको एकै पटक सरुवा हुने भएको छ । प्राधिकरण सेवा विनियमावली, २०६२ अनुसार एउटै कार्यालयमा तोकिएको अवधि पूरा गरेका १ देखि ९ तहसम्मका कर्मचारीको सरुवा गर्न लागिएको हो ।

जेठ अन्तिम साता करिब २ हजार ५ सय कर्मचारी सरुवा गर्ने गृहकार्य भइरहेको प्राधिकरण स्रोतले जानकारी दियाे । स्रोतअनुसार अफ्ठ्यारोमा परेका, विरामी वा बाध्यताले सरुवा हुन चाहेका सबै फेरिनेछन् ।

सरुवा माग्दै प्राधिकरण जनसाधन विभागमा कर्मचारीका ३ हजार ४ सय बढी आवेदन परेका छन् । नियमावली बमोजिम २०७४ चैत, २०७५ असोज र चैतमा हुनुपर्ने नियमित सरुवा रोकिँदा आवेदन दिनेको संख्या धेरै भएको स्रोतले जानकारी दियो ।

सरुवा माग्दै १ हजार ८ सय बढी हस्तलिखित आवेदन परेपछि कर्मचारी व्यवस्थापन गर्न प्राधिकरणले व्यवस्थित फारम तयार गरेको थियो । फारम तयार भएपछि आवेदन दिने कर्मचारीको संख्या दोब्बर भएको छ ।

‘अहिले १ र २ तहका कर्मचारीको हकमा आवेदन दिने सबैले सरुवा पाउने देखिन्छ,’ स्रोतले भन्यो, ‘२ वर्ष पुगेका ३ तहमाथिका आवेदन दिने जति कर्मचारीलेमात्रै सरुवा पाउँछन् । ३ वर्ष अवधि पुगेका कर्मचारीकाे हकमा आवेदन दिने/नदिने सबैको सरुवा हुन्छ ।’ स्राेतका अनुसार शुक्रबारभित्र सरुवा हुने कर्मचारीकाे नामावली प्राधिकरणले सार्वजनिक गर्नेछ ।

जेठपछि साउनमा पनि थप कर्मचारीको सरुवा गर्ने प्राधिकरणकाे तयारी छ । कर्मचारी सरूवा नभएकाे भन्दै प्राधिकरणमा कार्यरत ट्रेड युनियनले समेत दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="