Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणमा १ सय ८५ कर्मचारीको सरुवा

ऊर्जा खबर श्रावण ०१, २०७६   3100

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कार्यरत १ सय ८५ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण सञ्चालक समितिको गत असार ८ गतेको निर्णय अनुसार १ देखि ९ तहमा कार्यरत कर्मचारीको मंगलबार नियमित सरुवा तथा काज फिर्ता गरेर जिम्मेवारी तोकिएको हो ।
एउटै कार्यालयमा तोकिएको अवधि पूरा भएका केन्द्रीय तथा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र जलविद्युत आयोजनामा कार्यरत कर्मचारी सरुवा गरेर जिम्मेवारी हेरफेर गरिएको प्राधिकरण प्रशासन निर्देशनालय जनसाधन विभागका निर्देशक तुलाराम गिरीले बताए । उनका अनुसार बुटवल क्षेत्रीय कार्यालयमा कार्यरत उप–प्रबन्धक लुनार श्रेष्ठलाई ग्रिड सञ्चालन विभाग प्राविधक महाशाखा प्रमुखको जिम्मेवारी तोकेर सरुवा गरिएको छ ।

ad

कम्प्युटर बिलिङ तथा नेटवर्क महाशामा कार्यरत सहायक प्रबन्धक अर्चना राजभण्डारीलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको उनले बताए । लेखा अधिकृत, मिना बास्तोला, इन्जिनियरहरु बिमलेन्द्र महतो, विजयकुमार गुप्ता, र दुर्गालक्ष्मी हाडाको पनि सरुवा भएको छ । बास्तोलालाई केन्द्रीय लेखा महाशाखाबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयको अर्थ महाशाखामा जिम्मेवारी तोकिएको छ ।

महतो, गुप्ता र हाडालाई क्रमशः आयोजना व्यवस्थापन निर्देशनालय, जनकपुर क्षेत्रीय कार्यालय र सूचना प्रविधि विभागमा खटाइएको छ । यसअघि महतो जनकपुर क्षेत्रीय कार्यालय, गुप्ता उत्पादन विकास विभाग र हाडा तालिम केन्द्रको जिम्मेवारीमा थिए । महतो र गुप्ता सिभिल इन्जिनियर हुन् भने हाडा कम्प्युटर इन्जिनियर हुन् ।

जिम्मेवारी हेरफेर भएका ६० जना देशभरका प्राधिकरण कार्यलयमा कार्यरत ५ तहका कर्मचारी हुन् । ४ तहका ७४ जना र ३ तहका ३० कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । कार्यलय सहयोग स्तरका २ तहका १९ र १ तहका ४ जनाको पनि सरुवा गरिएको प्राधिकरणले जनाएको छ । यसअघि गत जेठ मसान्तमा एकै पटक १६ सय कर्मचारी सरुवा भएका थिए ।

सरुवा तथा पदस्थापन भएका कर्मचारीकाे नामावली

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="