Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणले १ सय ४९ प्रतिशतले नाफा बढायाे

ऊर्जा खबर श्रावण २८, २०७६   3611

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले एक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । प्राधिकरणले गत आर्थिक वर्ष ( २०७५/७६ ) मा याे नाफा आर्जन गरेकाे हाे । याे नाफा अघिल्लाे आवकाे भन्दा ४ अर्ब ३० करोड अर्थात १ सय ४९ प्रतिशतले बढी हाे । अघिल्लाे वर्षकाे खुद नाफा २ अर्ब ९० करोड रुपैयाँ थियाे ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण गत आवमा पनि खुद नाफा कमाउन सफल भएको हो । आव ०७२/७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । नाफा पनि बढ्दै गएको छ ।

ad

कार्यकारी निर्देशक नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई १ अर्ब ५० करोड, दोस्रो वर्ष २ अर्ब ९० र तेस्रो वर्ष ७ अर्ब २० करोड रुपैयाँ खुद नाफामा लगेका हुन् । उनी २०७३ को भदौमा प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले मंगलबार  पत्रकार सम्मेलन गरेर प्राधिकरणको एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् । उनले विद्युत् चुहावट नियन्त्रण, प्रसारण तथा वितरण लाइनको निर्माण, वित्तीय सुधार लगायतमा प्राधिकरणको राम्रो प्रगति भएको बताए ।

‘नयाँ ऐनमार्फत प्राधिकरणलाई अझै प्रतिश्पर्धी संस्थाको रुपमा अगाडि बढाउने छौं’ मन्त्री पुनले भने  ‘एक वर्षभित्र प्रणालीमा थपिने १ हजार मेगावाट विद्युत खपत बढाउन पेट्राेलियम पदार्थ प्रतिस्थापन गर्ने याेजना ल्याउँछाै।’

उनले विद्युले पेट्राेल तथा डिजेल प्रतिस्थापन गर्न देशभर विद्युतीय गाडी संचालनका लागि चार्जिङ स्टेसन निर्माणकाे मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेकाे बताए ।  उनले नेपालगंज, भैरहवालगायत औद्योगिक क्षेत्रमा तत्काल २ सय मेगावाट बढी विद्युत खपत हुनसक्ने भए पनि विद्युतीय संरचना नहुँदा सम्भव नभएकाे बताए ।

विद्युत चुहावट १५.३२ प्रतिशतमा झर्यो
गत आवमा विद्युत चुहावट  १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आव ०७४/७५ मा २०.४५ प्रतिशत रहेको चुहावट गत आवमा ५.१३ प्रतिशतले घटाएर १५.३२ प्रतिशतमा झारिएको हो । ०७२/७३ मा कुल चुहावट २५.७८ प्रतिशत रहेकोमा ३ वर्षभित्रमा १०.४६ प्रतिशतले कामी आएको हो ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा इतिहासमै काम बनाउन सफल भएको बताए । ऊर्जा मन्त्रीको नेतृत्वमा संचालकहरु, प्रशासन, सुरक्षा निकाय, कर्मचारी लगायत सबैको सामूहिक प्रयासबाट चुहावट नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल भएको उनले बताए ।

‘वितरणतर्फको चुहावट ११ प्रतिशत र प्राविधिकतर्फको करिब ४ प्रतिशत चुहावट छ, ’  उनले भने, ‘अब विद्युत चुहावटमा दक्षिण एसियाकाको मापदण्डमा पुगेका छौं ।’ प्राविधिक चुहावट घटाउन थप लगानी चाहिले उनले बताए ।

प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रुपमा चलाइ रहेको छ ।

मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिस विनानै मिटर जडान गर्ने, अति विपन्नहरुलाई निशुल्क मिटर वितरण गरिरहेको छ ।

यस्तै, गत आवमा प्राधिकरणकाे प्रणालीमा ७ अर्ब ५५ करोड युनिट विद्युत पुगेकाे छ ।  प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी ऊर्जा उत्पादकहरुको २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड युनिट आयात गरिएकोसहित गरी उक्त परिमाणकाे विद्युत प्रणालीमा आएको हो ।

प्रणालीमा प्राधिकरणको ३४, निजी क्षेत्रको २९ र आयतको ३७ प्रतिशत हिस्सा छ । भारतर्फ पनि विभिन्न विन्दुबाट ३ करोड ४७ लाख युनिट विद्युत निर्यात भएकाे छ ।

प्राधिकरणले गत आवमा निजी क्षेत्रको विद्युत किन्नका लागि १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रुपैयाँ खर्च गरेकाे छ । ३२ करोड रुपैयाँको विद्युत निर्यात भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="