Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रसारण लाइन तयार नहुँदा प्राधिकरणले सिंगटीलाई ३२ करोड जरिवाना तिर्दै

सागर केसी जेठ २४, २०७६   3250

खबर



दोलखा– नेपाल विद्युत प्राधिकरणले समयमै सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माण नगर्दा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनालाई जरिवाना तिर्नुपर्ने भएको छ । ‘सुपर सिक्स’ अन्तर्गतको यो आयोजनालाई वार्षिक ऊर्जा उत्पादनबाट हुने आम्दानीको वार्षिक ४५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने देखिएको हो ।

सिंगटी बजार नजिकै सिंगटी खोलामा निर्माण भइरहेको आयोजनाको निर्माण अहिले अन्तिम चरणमा छ । आयोजनाबाट आगामी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । तर, प्रसारण लाइन पूरा हुने सम्भावना देखिएको छैन ।

ad

साउनभित्रै विद्युत उत्पादन गर्न प्रवर्द्धक कम्पनी सिंगटी हाइड्रो इनर्जीका सम्पूर्ण कर्मचारी तथा व्यवस्थापन आयोजनास्थलमा खटिएका छन् । साउनभित्र जसरी पनि विद्युत उत्पादन हुने आयोजना निर्देशक काजी लामाले बताए ।

‘आयोजना निर्माण भए पनि प्रसारण लाइनकै कारण विद्युत खेर जाने चिन्ता छ,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइन चाँडै तयार गरिदिन प्राधिकरणसँग आग्रह गरिएको छ । हामीले पनि सकेको समन्वय गरिरहेका छौं तर आयोजना पूरा हुँदासम्म प्रसारण लाइन तयार हुने संकेत देखिएको छैन ।’

सिंगटी १० वर्षअघि प्रतिस्पर्धाका आधारमा सरकारलाई बढी राजस्व तिरेर लिइएको आयोजना हो । सुपर सिक्स अन्तर्गत सबैभन्दा पहिला निर्माण हुने आयोजना पनि यही हुने भएको छ । प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) हुँदा नै आयोजना समयमा पूरा नगरे प्रवद्र्धकले र प्रसारण लाइन निर्माण नगरे प्राधिकरणले जरिवाना तिर्ने सर्त छ ।

सिंगटीले वार्षिक विद्युत बिक्रीबाट ७१ करोड कमाउने प्रवर्द्धकले जनाएको छ । यसको आधारमा प्रसारण लाइन निर्माण गर्न नसकेका कारण प्राधिकरणले झन्डै ३१ करोड ९५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।

प्रसारण लाइन भए पनि तोकिएको समयमा आयोजना पूरा नभए प्रवर्द्धकले प्राधिकरणलाई २८ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ । यहाँ प्राधिकरणभन्दा प्रवर्द्धकले समयमै काम पूरा गर्दै छ । यसो हुँदा अबको २ महिनामा लाइन तयार नभए प्राधिकरणले सिंगटी झन्डै ३२ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।

सिंगटी खोलाको ६ किलोमिटर सुरुङ पूरा भएर ढलान गरी फिनिसिङको काम भइरहेको । दैनिक ६० मिटर ढलान गर्दै आएको आयोजनामा २ महिनाभित्र सुरुङको सबै काम पूरा हुने आयोजना निर्देशक लामाले बताए । १ किलोमिटर पेनस्टक पाइपमध्ये सय मिटरमात्र जडान गर्न बाँकी छ । उनका अनुसार पाइप जडान, हेड वक्र्स लगायत काम जेठभित्रै पूरा हुने छ । पावर हाउसभित्र उपकरण जडान भइरहेकाले साउनबाट विद्युत उत्पादन हुने उनको भनाइ छ ।

सिंगटी–लामोसाँघु १३२ केभी ४० किलोमिटर प्रसारण लाइनको १ सय २४ टावरमध्ये ७३ टावर ठड्याइएको छ । सिन्धुपाल्चोकमा २ र दोलखामा ७ गरी ९ टावरको जग नै तयार नभएको सिंगटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलले बताए । ३९ टावर निर्माणाधीन छन् ।

जग्गा अधिग्रहण तथा मुआब्जाका कारणले पनि पछिल्लो समय टावर निर्माणमा समस्या देखिएको छ । तयार भएका टावरमा तत्काल तार तान्ने काम सुरु हुने ढुंगेलले बताए । ‘उत्पादित विद्युत खेर जान नदिन सिंगल सर्किट तार तानेर भए पनि प्रसारण लाइन पूरा गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

‘दोलखामा र सिन्ंधुपाल्चोकमा तार तान्ने छुट्टा–छुट्टै टोली राखिएको छ,’ उनले भने, ‘अरू समूह पनि थप गरेर चाँडै काम सक्ने प्रयासमा छौं तर काम गर्ने मान्छे नै पाइएको छैन ।’ प्रसारण लाइनको काम आउँदो असारमै पूरा गर्ने लक्ष्य थियो ।

दोलखाको भीमेश्वर नगरपालिका वडा–८ बोचको ७४ र ७५ नम्बर टावर र लाँकुरीडाँडाको झियानेमा पुरानो सर्भे लाइनमा घर बनेकाले ८४ र ८५ नम्बर टावर निर्माणमा समस्या परेको छ । अहिले सरोकारवाला निकायमार्फत छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="