Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

काठमाडौं प्रादेशिक कार्यालयको चुहावट साढे ५ प्रतिशतमा झार्ने लक्ष्य

ऊर्जा खबर कार्तिक ३०, २०७६   1942

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रदेश–३ अन्तर्गतको प्रदेशिक कार्यालय काठमाडौंलाई विद्युत चुहावट ५.७७ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । प्राधिकरणले शुक्रबार प्रादेशिक कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेर हालको ७.४० प्रतिशत विद्युत चुहावट १.६३ प्रतिशतले घटाउने लक्ष्य दिएको हो ।

प्राधिकरणले चालू वर्षमा वितरणतर्फको ११.२८ प्रतिशत विद्युत चुहावट २.७८ प्रतिशतले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य पूरा गर्न प्रादेशिक कार्यालय काठमाडौंसँग कार्यासम्पादन सम्झौता गरेको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेशिक कार्यालय प्रमुख अनिरुद्रप्रसाद यादवसँग कार्यासम्पदान सम्झौता गरे ।

ad

विद्युत चुहावट नियन्त्रण, राजश्व संकलन एवं सेवा सुधार गर्ने लक्ष्य दिएर प्रादेशिक कार्यालयसँग कार्यासम्पादन सम्झौता गरिएको हो । प्रदेशिक कार्यालयलको चालू वर्षको ३ महिनको विद्युत चुहावट औषतमा ६.३ प्रतिशत छ ।

काठमाडौं प्रादेशिक कार्यालय मातहतका २० वितरण केन्द्रसँग पनि कार्यासम्पादन सम्झौता भएको छ । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले वितरण केन्द्र प्रमुखहरुसँग कार्यासम्पादन सम्झौता गरेका हुन् ।

विद्युतीय सुरक्षा, आफ्नो कार्यालयअन्तर्गत ग्रामिण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका विषयलाई सम्झौतामामा समेटिएको छ ।

अंकभार ५० राखेर कार्यसम्पादन सम्झौतामा विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखिएको छ । अंकभारका आधारमा वितरण केन्द्र प्रमुखलाई पुरस्कार र दण्डको व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।

सम्झौतामा राखिएका व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न कार्यकारी निर्देशक घिसिङले वितरण केन्द्र प्रमुखहरुलाई निर्देशन दिए । उनले विद्युत चुहावट घटाउन तथा कालो सूचीमा रहेका ग्राहकबाट बाँकी महसुल बक्यौता उठाउन पनि निर्देशन दिए ।

उपकार्यकारी निर्देशक न्यौपानेले विद्युतीय दुर्घटना न्युनिकरण गर्न सुरक्षाका उपाय अपनाउन वितरण केन्द्र प्रमुखसमक्ष आग्रह गरे । उनले ग्राहकलाई मागअनुसार विद्युत मिटर दिन तथा वितरण प्रणालीको गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

चुहावट नियन्त्रण र बक्यौता असुली लक्ष्यको ५० प्रतिशत प्रगति हासिल गर्ने वितरण केन्द्र प्रमुखले नगद प्रोत्साहन भत्ता पाउने छन् । प्राप्त गर्ने अंकका आधारमा उनीहरुलाई विदेशमा आयोजना हुने तालिममा सहभागी हुने अवसर दिने तथा बढुवामा नम्बर जोडिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गर्ने केन्द्र प्रमुखको हकमा कमजोर कार्यसम्पादन मानी गैरनगद प्रोत्साहन नपाउने व्यवस्था गरिएको छ । सेवामा सुधार गर्न वितरण केन्द्रलाई आवश्यक वितरण ट्रान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने तथा स्वतन्त्रपूर्वक काम गर्ने वातारण तयार गर्ने प्रतिवद्धता प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत बिक्रीबाट गर्ने करिब २८ प्रतिशत आम्दानी काठमाडौं प्रादेशिक कार्यालयका वितरण केन्द्रहरुबाट हुने गरेको छ ।

प्राधिकरणले ७ प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ । प्रदेश–१ को प्रादेशिक कार्यालय विराटनगर प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग यसअघि नै सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="