Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले तीन वर्षमा विद्युत चुहावट साढे १० प्रतिशत घटायो

ऊर्जा खबर श्रावण २८, २०७६   3002

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले पछिल्लो तीन वर्षमा विद्युत चुहावट झन्डै साढे १० प्रतिशत घटाएको छ । निरन्तर विद्युत आपूर्ति, चोरी नियन्त्रण तथा खपत बढेका कारण चुहावट घट्दै गएको हो ।

तीन वर्षअघि अर्थात २०७३ साल भदौमा (आर्थिक वर्ष २०७२/७३) चुहावट २५.७८ प्रतिशत थियो । जतिबेला कुलमान घिसिङले नेतृत्व सम्हालेका थिए । तत्कालीन जनार्दन शर्माको कडाई, सहयोग तथा निरन्तर अनुगमनका कारण घिसिङलाई काम गर्न सजिलो भएको थियो ।

ad

२५.७८ प्रतिशतको चुहावट आव २०७३/७४ (२०७४ साउन) सम्म २२.९० प्रतिशतमा झरेको थियो । यो एक वर्षमा २.८८ प्रतिशतले चुहावट घटेको थियो । यस्तै, २०७५ साउनसम्म चुहावट २०.४५ प्रतिशत कायम भएको थियो ।

चालू आर्थिक वर्ष (२०७६ साउन) सम्म चुहावट ५.१३ प्रतिशत घटेर १५.३२ प्रतिशतमा झरेको प्राधिकरणले जानकारी दिएको छ । पछिल्लो तीन वर्षको तुलना गर्दा पहिलो वर्ष २.८८ प्रतिशत, दोस्रो वर्ष २.४५ र तेस्रो वर्ष ५.१३ प्रतिशत घटेको छ ।

उल्लेखित तथ्यांकका आधारमा २०७३ साउनदेखि २०७६ साउनसम्मको अवधिमा १०.४६ प्रतिशत चुहावट घटेको छ । यसमा वितरण तथा ग्राहक सेवा निर्देशनालय तथा प्राधिकरण समूह, घिसिङ एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको समेत उतिकै योगदान देखिन्छ ।

गत आवमा भएको चुहावट सुधारबाट मात्र प्राधिकरणले करिब ३ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको जनाइएको छ । साथै, गत आवमा विद्युत खपत बढ्नुले पनि आम्दानीमा सुधार देखिएको छ । प्राधिकरणका अनुसार गत आवमा विद्युत बेचेरमात्र करिब ६५ अर्ब आम्दानी भएको छ । प्राधिकरणकाे लाइनबाट विद्युत उपभाेग गर्ने ग्राहक ३९ लाखभन्दा बढी पुगेका छन् ।

तत्कालीन मन्त्री शर्माको पूर्ण सहयोगपछि घिसिङले वितरण तथा ग्राहक सेवा निर्देशनालयसँग कार्यसम्पादन सम्झौता गरे । सोही आधारमा निर्देशनालयले क्षेत्रीय कार्यालयहरूसँग सम्झौता गर्यो । विद्युत खपतमा पनि उपभोक्ताले मितव्ययिता अपनए । यिनै कारणले चुहावट घटेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

प्राधिकरणले २०७३ साउनदेखि ट्रंक लाइन प्रयोग गरेर विद्युत उपभोग गर्ने ग्राहक (उद्योग) ले २०७५ चैतसम्म तिर्नुपर्ने करिब ९ अर्ब रुपैयाँ असुल गरेको छैन । गत बैशाखदेखि सबै उद्योगलाई बिल काटिएको छ । तर, उद्योगहरू नतिर्ने भन्दै अदालत पुगेका छन् ।

ट्रंक लाइनको करिब साढे २ अर्ब रुपैयाँ महसुल थपिँदा पनि आम्दानी बढेको देखिएको छ । चुहावट घट्नुमा पनि यसको योगदान रहेको प्राधिकरणकै अधिकारीहरू बताउँछन् । यद्यपि, तीन वर्षमा साढे १० प्रतिशत चुहावट घट्नुलाई उल्लेख्य उपलब्धि मान्न सकिन्छ ।

विकासशील देशमा प्राविधिक चुहावट करिब १५ प्रतिशत हुने अनुमान छ । प्राधिकरणले पनि १२ देखि १५ प्रतिशतसम्म प्राविधिक चुहावट रहेकाे बताउँदै आएकाे थियाे । यसको आधारमा अब प्राधिकरणले चोरी (अप्राविधिक चुहावट) लाई सन्तुलनमा राख्दै प्राविधिक चुहावट घटाउनुपर्ने देखिन्छ । अन्तिम लेखापरीक्षणबाट उल्लेखित तथ्यांक पारित भए अप्राविधिक चुहावट करिब शून्यमा झरेको पुष्टि हुनेछ ।

विद्युत खपत बढेर आम्दानीमा सुधार भएकाले गत आवमा प्राधिकरणको नाफा करिब ७ अर्ब रुपैयाँ पुगेको दाबी गरिएको छ । यो अघिल्लो आवभन्दा झन्डै ४ अर्ब रुपैयाँ बढी हो । अघिल्लो आवमा नाफा २ अर्ब ९० कराेड रुपैयाँ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="