Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक वर्षमा ३८ अर्बको विद्युत किनियो, भारतबाट गत वर्षभन्दा १३ प्रतिशत बढी

ऊर्जा खबर श्रावण २८, २०७६   2194

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव २०७५/७६) मा करिब ३८ अर्ब रुपैयाँको ५ अर्ब ३० लाख युनिट (५००३ गिगावाट घन्टा) विद्युत किनेको छ । यो आन्तरिक (निजी क्षेत्र) र बाह्य (भारत) बाट समेत हो ।

ad

गत आवमा भारतबाट करिब २३ अर्ब रुपैयाँको २ अर्ब ८० करोड युनिट (२८०० गिगावाट घन्टा) विद्युत किनिएको छ । यो वर्ष प्राधिकरणले भारतबाट औसत प्रतियुनिट ८.१८ रुपैयाँमा विद्युत किनेको छ । जुन अघिल्लो आवभन्दा ३ सय १८ गिगावाट घन्टा (१२.८१ प्रतिशत) बढी हो ।

अघिल्लो आवमा भारतबाट करिब २४ सय ८२ गिगावाट घन्टा (२ अर्ब ४८ करोड २० लाख युनिट) किनिएको थियो । यसबापत भारतलाई १९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको थियो । विद्युत किनेबापत अघिल्लो आवको तुलनामा गत आवमा भारतलाई ३ अर्ब ६३ करोड रुपैयाँ बढी भुक्तानी भएको छ ।

यसैगरी, आन्तरिक अर्थात् निजी क्षेत्रबाट गत आवमा २ अर्ब २० करोड युनिट (२२०० गिगावाट घन्टा) विद्युत किनिएको छ । प्रतियुनिट औसत ६.६४ रुपैयाँका दरले निजी क्षेत्रलाई कूल १४ अर्ब ६० करोड ८० लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

प्राधिकरणका विद्युतगृहबाट गत आवमा करिब २ अर्ब ४४ करोड ८० लाख युनिट (२४४८ गिगावाट घन्टा) विद्युत उत्पादन भएको छ । यो अघिल्लो आव (२०७४/७५) मा २ अर्ब ३० करोड ८० लाख युनिट (२३०८ गिगावाट घन्टा) उत्पादन भएको थियो ।

प्राधिकरणले भारतबाट आयातित र निजी क्षेत्रलाई गरी कूल विद्युत खरिदमा करिब ३७ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी गरेको छ । प्राधिकरणको प्रणालीमा अघिल्लो आवको तुलनामा गत आवमा ३९ करोड युनिट विद्युत बढी उपलब्ध भएको जनाइएको छ ।

अघिल्लो आवमा ७ अर्ब ५ करोड ८० लाख युनिट प्रणालीमा उपलब्ध भएकोमा गत आवमा ७ अर्ब ४४ करोड ८० लाख युनिट प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ । कूल उपलब्ध विद्युतमध्ये गत आवमा प्राधिकरणले ६ अर्ब ३९ करोड ४० लाख युनिट (६३९४ गिगावाट घन्टा) विद्युत बेचेको छ ।

गत आवमा उपभोक्तालाई औसत प्रतियुनिट १०.१७ रुपैयाँमा विद्युत बेचेको छ । विद्युत बेचेरमात्र प्राधिकरणले करिब ६५ अर्ब रुपैयाँ आम्दानी गरेको दाबी गरेको छ । यस्तै, गत आवमा प्राधिकरणको कूल आम्दानी झन्डै ७२ अर्ब पुगेको छ ।

अघिल्लो आवमा २०.४५ प्रतिशत रहेको चुहावट गत आवमा १५.३२ प्रतिशत झरेको र यसबाट मात्र करिब साढे ३ अर्ब बचत भएको दाबी गरिएको छ । आन्तरिक उत्पादनमा बृद्धि, भारतबाट आयात, चुहावट नियन्त्रण, ट्रंक लाइन महसुल बिलिङलगायत पक्षले गत वर्ष प्राधिकरण करिब ७ अर्ब रुपैयाँ नाफामा गएको देखाइएको छ । आफ्नो ३४औं वार्षिक साधारणसभा नजिँदै जाँदा प्राधिकरणले वार्षिक आम्दानी र खर्चको लेखाजोखा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="