Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणले तीन–तीन महिने प्रगति विवरण प्रकाशन गर्ने

ऊर्जा खबर जेठ २६, २०७६   2065

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले अबदेखि ३–३ महिनको काम तथा प्रगति समावेश गरेर ‘प्रगति विवरण’ प्रकाशन गर्ने भएको छ । संस्थामा भएका कामको प्रगति सर्वसाधारण तथा सरोकारवालालाई जानकारी दिने गरी यसको तयारी गरिएको हो ।

जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माण, विद्युत चुहावट एवं नियन्त्रणमा भएको सुधार लगायत विषय उक्त विवरणमा समेटिने छ । हरेक दिनजसो समस्या आइरहने वितरण लाइन मर्मत, विद्युत आपूर्ति अवस्था पनि प्रगतिमा राखिने भएको छ ।

प्राधिकरणले पछिल्लो समय सर्वसाधारण तथा सञ्चारमाध्यममा सूचना तथा जानकारी प्रवाहमा कडाई गर्दै आएको छ । तर, अब भने तीन महिने विवरणमा सबै विषय समेटिने यसबाट सर्वसाधारणले धेरै कुरा जानकारी पाउने प्राधिकरणले जनाएको छ ।

बैशाख, जेठ र असारको प्रगति समेटेर पहिलो प्रतिवेदन असारको तेस्रो सातासम्म प्रकाशन गर्ने तयारी छ । यसका लागि निर्माणाधीन जलविद्युत आयोजना तथा प्रसारण लाइन, वितरण लाइनलगायत क्षेत्रको विवरण संकलन भइरहेको पनि जनाइएको छ ।

प्राधिकरणको केन्द्रीय प्रणालमिा अहिले करिब ११ सय मेगावाट विद्युत जडित छ । यसमध्ये ५ सय २२ मेगावाट निजी क्षेत्रले उत्पादन गरेको हो । ग्रिडबाहिर उत्पादित विद्युत करिब ५९ मेगावाट रहेको जनाइएको छ ।

प्राधिकरणले चालू आवको हालसम्म करिब ४३ लाख ग्राहक (करिब २ करोड १५ लाख जनसंख्यामा) विद्युतको पहुँच पुर्याएको छ । ग्रिडभन्दा बाहिर उत्पादित विद्युत तथा ऊर्जाले १८ प्रतिशत जनासंख्यामा सेवा पुर्याइरहेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="