Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरण अब आयोजनाविहीन, कम्पनी खोल्दै ‘कुत’ असुल्दै

ऊर्जा खबर चैत ०८, २०७५   3672

खोज



काठमाडौं– नेपाल विद्युत प्राधिकरण अहिलेसम्म विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने सरकारको आधिकारिक निकाय हो । यसले आफ्नो जिम्मेवारी निर्वाह पनि गर्दै आएको छ । तर, अब भने यसको अस्तित्व विस्तारै मेटिँदै जाने संकेत देखिएको छ ।

ad

‘नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ अनुसार २०४२ साल भदौ १ गते यसको स्थापना भएको हो । करिब ३३ वर्षमा प्राधिकरणले जम्मा १७ जलविद्युत आयोजना निर्माण गरेछ । अझ कुलेखानी जलाशय र मर्स्याङ्दी त सरकारले निर्माण गरेर सञ्चालन गर्न जिम्मा दिएका आयोजना हुन् ।

३३ वर्षमा ४ सय ९७ मेगावाटका १७ जलविद्युत आयोजना निर्माण तथा सञ्चालनको काम गर्दै आएको प्राधिकरणसँग अब भने नयाँ आयोजनाको अनुमतिपत्र छैन । उसले निर्माण गरिरहेका १४ मेगावाटको कुलेखानी तेस्रो र ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ बाट केही महिनाभित्र विद्युत उत्पादन हुँदैछ । यी पूरा भएपछि प्राधिकरण आयोजनाका दृष्टिले पूरै रित्तो हुनेछ ।

ad

प्राधिकरणमा पछिल्लो नेतृत्व परिवर्तन भएपछि नयाँ आयोजनाको अनुमतिपत्र लिने प्रयास नै भएन/गरिएन । आफूसँग भएका आयोजना पनि कम्पनी बनाएर बाहिर निकालियो । प्राधिकरण नेतृत्वको यस्तो क्रियाकलाप र आयोजना निर्माण गर्ने नाममा च्याउझैँ स्थापना गरेका कम्पनीले संस्थाको अस्तित्व निमिट्यान्न हुने देखिन्छ ।

कम्पनीहरूले थिचिएर नै प्राधिकरण मर्ने अवस्था देखिएको छ । यसले सिंगो विद्युत विकासलाई भद्रगोल बनाइरहेको छ । कम्पनीबाट व्यक्तिगतरूपमा अनैतिक स्वार्थ पूरा गर्ने, कुत असुल्ने र संस्थालाई तन्नम् बनाउने गतिविधि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि टुलुटुलु हेरेर बसेको छ ।

प्राधिकरणले विद्युत उत्पादन तथा व्यापार र परामर्शका लागि झन्डै दुई दर्जन कम्पनी खोलेको छ । अहिले दर्जन कम्पनी त कागजमा मात्र देखाइएको छ । उत्पादन, प्रसारण र वितरणको जिम्मेवारी छुट्टा–छुट्टै बनाउने हो भने प्राधिकरणका संरचना विद्युत उत्पादन र राष्ट्रिय प्रसारण कम्पनीमा सरेका छैनन् । यसर्थ, प्राधिकरण मास्ने र सहायक कम्पनीबाट व्यक्तिगतरूपमा कुत असुल्ने कामले जरा गाड्दै गएको छ ।

सहायक कम्पनीबाट पाएको नाफाले प्राधिकरण कहिले माथि उठ्छ भन्ने यकिन कसैले गरेको छैन । ती कम्पनीबाट कति वर्षमा आयोजना निर्माण हुन्छन् । र, तिनले प्राधिकरणलाई कसरी नाफामा लैजान्छन् वा यसको अस्तित्व बचाइराख्छन् भन्ने लेखाजोखा प्राधिकरणकै उच्च अधिकारीले गरेका छैनन् ।

दुई आयोजनाबाट विद्युत उत्पादन भएपछि निर्माण गर्नलाई कुनै नयाँ आयोजना नरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘तत्काल निर्माण सुरु गर्ने आयोजना छैनन्,’ उनले ऊर्जा खबरसँग भने, ‘अनुमतिपत्र जारी भएका आयोजना सबै सहायक कम्पनीमार्फत अघि बढ्दैछन् । कम्पनीका आयोजना पनि प्राधिकरणकै हुन् । यी आयोजनाको निर्माण अघि बढाउने र निर्धारित समय र लागतमा सम्पन्न गर्न प्राधिकरणको भूमिका रहनेछ ।’

प्राधिकरण आफैंले आयोजना निर्माण गर्दा दशकौं लाग्ने देखिएको छ । कम्पनी निर्माण गरेर काम गर्दा छिटो काम सकिने प्राधिकरणको दाबी छ । तर, कम्पनी निर्माण गरेर आफैं त्यहाँको प्रमुख, अध्यक्ष वा सञ्चालक हुने नियतले प्राधिकरणलाई टाट पल्टाउने काम भइरहेको छ ।

प्राधिकरणले अध्यय गर्न भन्दै लिएका आधा दर्जन आयोजनाको अनुमतिपत्र कम्पनीमै सारिएको छ । यद्यपि, भविष्यमा प्राधिकरणले जलाशय आयोजना निर्माण गर्न सक्ने अधिकारीको भनाइ छ । ‘प्राधिकरणले अब कुनै आयोजना निर्माण गर्दैन भन्ने होइन’ उनले भने, ‘नदी प्रवाही आयोजनाभन्दा जलाशय आयोजना विकासमा जोड दिइनेछ ।’

निजी क्षेत्रको विद्युत खरिद गरेर वितरण गर्ने जिम्मेवारी प्राधिकरणकै भएकाले प्रसारण लाइन निर्माणमा जोड दिनेसमेत अधिकारीले बताए । केही वर्षपछि सरकारको स्वामित्वमा आउने निजी क्षेत्रका आयोजना प्राधिकरणको जिम्मेवारीमा आउने हुँदा भूमिका बढ्ने उनको तर्क छ ।

निर्माण थालेको १२ वर्षमा कुलेखानी तेस्रोबाट विद्युत उत्पादन सुरु हुँदैछ । २०६८ सालबाट निर्माण सुरु भएको त्रिशूली–३ ‘ए’ पनि ७ वर्षमा आउन लागेको हो । सिभिल संरचना तथा उपकरणको परीक्षण सुरु भएका यी दुई आयोजनाले असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ ।

प्राधिकरणले सहायक कम्पनी खोलेर तामाकोसी–५, राहुघाट, तनहुँ सहायक कम्पनीमार्फत अघि बढेका आयोजना हुन् । माथिल्लो अरुण, तमोर, दूधकोसी, उत्तरगंगा, आँधीखोला निर्माण गर्न कम्पनी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="