Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले ५० प्रतिशत घटाएर महसुल बृद्धिको प्रस्ताव गर्यो, कसको कति ?

ऊर्जा खबर कार्तिक २४, २०७६   5433

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा बढाउँदै आएको विद्युत महसुल दर यस पटक ५० प्रतिशत घटाएर बृद्धिको प्रस्ताव गरेको छ । औद्योगिक तथा व्यापारिक क्षेत्रको सेवालाई ध्यानमा राख्दै विद्युत नियमन आयोगसमक्ष उक्त प्रस्ताव गरिएको हो ।

प्राधिकरणको कात्तिक १६ गते (शनिबार) बसेको सञ्चालक समितिको ८०९औं बैठकले महसुल बढाउने निर्णय पारित गरेको थियो । यसकै आधारमा निर्णयसहित आयोगमा २० गते महसुल बृद्धिको दर रेट पेस गरिएको छ ।

ad

मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित विद्युत आपूर्ति भइरहेको अवस्थालाई मध्यनजर गरी हाल कायम भएको विभिन्न बर्गका ग्राहकहरूको महसुलमा परिमार्जन गर्न आवश्यक देखिएकोले प्रस्तावित दर निर्धारण गर्ने स्वीकृतिका लागि पेस गरिएको समितिको निर्णयमा उल्लेख छ ।

प्राधिकरणले विगत वर्षहरूमा सामान्य दरमा ६५ प्रतिशतसम्म थप दस्तुर (प्रिमियम) जोडेर महसुल बढाउने गरेको थियो । यही दरमा बिलिङ तथा महसुल असुली पनि गर्दै आएको छ । तर, यसपटक सामान्य महसुलमा जम्मा १५ प्रतिशत प्रिमियममात्र जोडेको छ ।

प्राधिकरणले गत बुधबार (कात्तिक २० गते) आयोगसमक्ष पेस गरेको महसुल दरमा औद्योगिक, व्यापारिक वा गैरव्यापारिक बर्गका ग्राहकको डिमाण्ड शुल्क यथावत राखी इनर्जी शुल्कमात्र बढाउने प्रस्ताव गरेको छ । विद्युत नियमन आयोग ऐनअनुसार वर्षको एक पटकमात्र मूल्यबृद्धिको प्रस्ताव गर्न पाइनेछ ।

चालू आर्थिक वर्षमा गार्हस्थ उपभोक्ताका लागि भने महसुल बृद्धिको प्रस्ताव गरिएको छैन । व्यापारिक बर्गका ग्राहकको हालको डिमाण्ड शुल्क यथावत राखी इनर्जी शुल्क ५ प्रतिशतमात्र बढाउन प्रस्ताव गरिएको हो ।

प्राधिकरणले डेडिकेटेड फिडर/लाइन, औद्योगिक फिडर, ट्रंक लाइन, औद्योगिक क्षेत्र, विशेष औद्योगिक क्षेत्र (सेज) र ११ केभी रिङमेनबाट विद्युत उपभोग गर्ने औद्योगिक, व्यापारिक एवं गैरव्यापारिक ग्राहकलाई सेवा दिएबापत (तोकिएको भोल्टेजमा) इनर्जी शुल्कमा १५ प्रतिशत थप महसुल लिने गरी प्रस्ताव गरेको छ ।

यसैगरी, यातायात बर्गको तल्लो भोल्टेजस्तर (२३०/४०० भोल्ट) मा नयाँ महसुल दर तथा सामुदायिक खानेपानी बर्गका ग्राहकको डिमाण्ड शुल्क हटाई इनर्जी शुल्कसमेत घटाउने प्रस्ताव गरिएको छ । ११ केभी लाइनबाट सामुदायिक खानेपानीका ग्राहकले उपभोग गर्ने प्रतियुनिट शुल्कमा एक रुपैयाँ घटाइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘सर्वसाधारणलाई बढी आर्थिक भार नपार्ने उद्देश्यले यस बर्गका ग्राहकको महसुल नबढाउने निर्णय भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘प्राधिकरणले सर्वसाधारण, औद्योगिक, व्यापारिक एवं गैरव्यापारिक ग्राहकको हितलाई ध्यानमा राखेर चर्को मूल्य प्रस्ताव गरेको छैन ।

प्राधिकरणले महसुल बृद्धिको प्रस्ताव गरे पनि यसको अन्तिम निर्णय गर्ने अधिकार आयोगमै रहेको उनले बताए । ‘हामीले गरेको प्रस्ताव आयोगलाई मान्य हुन वा नहुन पनि सक्छ,’ उनले थपे, ‘प्रस्तावित दरमा घटबढ हुन सक्नेछ ।’

उता सामृदायिक थोक ग्राहकको मझौला र तल्लो भोल्टेजस्तरको महसुल समान भएकाले मझौलाको यथावत राखी तल्लोमा सामान्य परिमार्जन गरी प्रस्ताव गरिएको छ । यस्तै, विद्युतीय सवारी चार्ज हुने चार्जिङ स्टेसनका लागि पनि नयाँ महसुल दर पेस गरिएको छ ।

अन्य ग्राहक बर्गको प्रस्तावित अनुसूची-१ अनुसार र डेडिकेटेड फिडर/लाइन, औद्योगिक फिडर, ट्रंक लाइन, औद्योगिक क्षेत्र, विशेष औद्योगिक क्षेत्र (सेज) र ११ केभी रिङमेनबाट विद्युत उपभोग गर्ने औद्योगिक, व्यापारिक एवं गैरव्यापारिक ग्राहकको अनुसूची-१ (क) अनुसार महसुल प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="