Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रदेश २ मा दुई हजार ट्रान्सफर्मर जडान गरिने, सेवा अवरुद्ध भए तुरुन्त सम्पर्क गर्न आग्रह

ऊर्जा खबर कार्तिक २१, २०७६   2303

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरले त्यस क्षेत्रमा दुई हजार वितरण ट्रान्सफर्मर जडान गर्ने भएको छ । सबै जिल्लामा गुणस्तरीय र भरपर्दो सेवा पुर्याउन उक्त योजना अघि बढाइएको हो ।

प्रदेश २ का ८ वटै जिल्लामा चालू आर्थिक वर्षभित्र पूर्णरूपमा विद्युतीकरण गर्ने गरी ट्रान्सफर्मर जडान प्रक्रिया सुरु गरिएको प्रादेशिक प्रमुख मनोजकुमार सिंहले बताए । ‘यस क्षेत्रमा अहिले ८० प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी काम हामी चालू आवमा सक्छौं ।’

ad

ग्राहकलाई सजिलो र झन्झट नहुने गरी सेवा विस्तारको योजना सुरु भएको पनि सिंहले जानकारी दिए । प्रादेशिक कार्यालयले कुनै क्षेत्रमा ट्रान्सफर्मर जले वा पड्केको अवस्थामा तुरुन्त जडान गर्ने योजना पनि सुरु गरेको छ ।

‘ट्रान्सफर्मर जलेर विद्युत अवरुद्ध भएको जानकारी पाउना साथ ठाउँ र परिस्थिति हेरेर एकदेखि ७ दिनभित्र सेवा सुचारु गरिनेछ,’ उनले थपे, ‘एक द्वार प्रणालीबाट सेवा दिने पद्दत्ति बसालिनेछ । भविष्यमा आउने कार्यालय प्रमुखले पनि त्यही अनुसार गर्न सहज हुनेछ ।’ कुनै ठाउँमा विद्युत आपूर्ति हुनासाथ तुरुन्त प्रदेश प्रमुखलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

यसैगरी, धनुषा र महोत्तरीमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति गर्न ढल्केबर–जनकपुर २२ किलोमिटर क्षेत्रमा कन्डक्टर (तार) स्तरोन्नती गर्ने योजना पनि सुरु गरिएको छ । प्राधिकरणका अनुसार अहिले १२ किलोमिटर क्षेत्रमा काम भइरहेको छ ।

कन्डक्टर स्तरोन्नतिपछि नियमित विद्युत आपूर्तिमा समस्या नहुने र भारतबाट आयातित परिमाण पनि घटाउन सकिने प्राधिकरणको दाबी छ । उक्त कन्डक्टर सुधारबाट मात्र १० मेगावाटबराबरको विद्युत बचत थपिने र भारतबाट आउने परिमाण घट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="