विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रत्नपार्क वितरण केन्द्रले ३६२ ग्राहकमा एएमआई प्रविधि जडान गर्याे, अब कार्यालयबाटै मिटर रिडिङ

ऊर्जा खबर मङि्सर १९, २०७५ 2615

काठमाडौं– नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रअन्तर्गत ३ सय ६२ ठूला ग्राहकको टिओडी मिटरमा एएमआई (एडभान्स मिटरिङ इन्फ्रास्ट्रक्चर) प्रविधि जडान गरिएको छ । अब ती ग्राहकको मिटर कार्यालयमै बसेर इन्टरनेटबाट रिडिङ गर्न सकिन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा भएको यस्तो प्रविधि नेपालमै पहिलो पटक जडान भएको केन्द्र प्रमुख थिरकुमार खत्रीले बताए । यस केन्द्रबाट सुरु भएको यस्तो प्रविधि जडान विस्तारै अन्य केन्द्रमा जडान गर्दै जाने योजना छ ।

केन्द्रले नयाँ कामसँगै चुहावट नियन्त्रण र विद्युत महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखेर कारबाही गर्दै आएको छ । मंसिर १४ गते ठमेल क्षेत्रमा इन्जिनियर दृष्टि पाण्डेको नेतृत्वमा गएको चुहावट नियन्त्रण टोलीले हुकिङ र मिटर बाइपास गरी विद्युत उपभोग गर्ने ग्राहकबाट ९२ लाख रुपैयाँ असुली गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="