Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘राजनीतिक आस्था र विचारभन्दा माथि उठेर सक्षम नेतृत्वलाई भोट हाल्नुस्’

बैशाख ०८, २०७६   2450 लेख


जनार्दन भट्टराई

काठमाडौं– यही बैशाख १९ गते नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियन निर्वाचन हुन गइरहेको छ । कर्मचारी संघले आम कर्मचारीमाझ आफ्ना एजेन्डा तथा मुद्दाहरू लिएर उपस्थित भएको छ । यस पटकको निर्वाचन निश्चय पनि संस्था र कर्मचारीको पक्षमा रहनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

हामीले कर्मचारीको सरुवालाई महत्त्वपूर्ण मुद्दाका रूपमा उठाएका थियौं । केही समय निर्वाचन हुने कि नहुने भन्ने विषयमा अन्योलता रह्यो । यो अन्योलता चिर्दै व्यवस्थापन र केही ट्रेड युनियनले आम कर्मचारीको सरुवा हुन नदिने गतिविधि गरे । मर्का, अन्याय र विरामी परेका कर्मचारीको सरुवा गराउन खोज्दा माथिबाट राजनीतिक दबाब दिएर रोकावट भएको कुरा म साथीहरूलाई जानकारी गराउन चाहन्छु ।

अन्तिम अवस्थासम्म हामी सरुवाका लागि अडिग रहेर व्यवस्थापनलाई दबाब दिइरह्यौं । तर, सम्भव हुन सकेन । यसका लागि म आम कर्मचारी साथीहरूसँग क्षमा याचना गर्न चाहन्छु । कर्मचारीको सरुवा हुन नसकेपछि २०/२५ दिन निर्वाचन पछि सारी पूर्णरूपमा मतदाताको अगाडि म आफैं पुग्ने प्रयास गरेँ । तर, व्यवस्थापन र केही ट्रेड युनियनको कारण निर्वाचन सर्न सकेन । म आम कर्मचारीमाझ आउन सकिनँ । म साथीहरूको बीचमा आउन नसके पनि पुनः संस्था र कर्मचारीको हितमा कर्मचारी संघलाई एक पटक आधिकारिता बनाउन अपिल गर्दछु ।

व्यवस्थापनले सहायकस्थरका कर्मचारीलाई अपमान र पाँच तहको कर्मचारी भनेर मलाई अपमानित गर्ने काम गरेको छ । अबको निर्वाचन भनेको संस्था रहने कि नरहने भन्ने हो । वृति विकास सेवा सुविधाका कुरा त छँदैछन् । तर, संस्था रहन्छ कि रहँदैन भन्ने कुरा यो निर्वाचनले फैसला गर्छ । यो निर्वाचनबाट यस्तो व्यक्ति आधिकारिक टे«ड युनियनको नेतृत्व गर्दै सञ्चालक समितिमा जानुपर्छ जसले त्यहाँ भएका गलत कुराहरूको उठान गर्न सकोस् ।

व्यवस्थापनले ल्याएका एजेन्डा हुबहु पास गर्न सक्ने र पास गर्न मद्दत गर्ने ट्रेड युनियनले निर्वाचन जित्नु हुँदैन । यदि, यस्तो भयो भने हाम्रा एजेन्डा ओझेलमा पर्छन् । हामीलाई थाहा छ, प्राधिकरण सरकारले प्रदेश र स्थानीय तहमा सुम्पँदैछ । सुम्पँने क्रममा सरकारले ल्याएका एजेन्डा सञ्चालक समितिबाट हुबहु पास भए भने प्राधिकरण रहँदैन । तपाईं हाम्रो पेन्सन, उपदान र अन्य सुविधाका कुरा ओझेलमा पर्छन् । साथीहरूसँग म विनम्र अनुरोध गर्छु– यस्तो नेतृत्व चयन गर्नुस् जसबाट संस्था रहने र आम कर्मचारीको वृति विकासका पक्ष रहने कुराको ग्यारेन्टी गर्न सकोस् ।

अहिले शिक्षकहरू वडाध्यक्षकोमा तलब खान जानुपर्ने अवस्था छ । भोलि वितरण तथा ग्राहक सेवा स्थानीय निकायलाई दिएपछि हामीले पनि वडाध्यक्ष र गाउँपालिकाबाट पेन्सन र उपदान लिनुपर्ने र तलबभत्ता त्यहाँ बुझ्न जानुपर्ने अवस्था आउन सक्छ । यसैले, संस्थाको स्थायित्वका लागि डटेर मुकाविला गर्न सक्ने निडर नेतृत्व यस पटकको निर्वाचनमा चुन्नुहोस् । नत्र न प्राधिकरण रहन्छ न तपाईं हामी रहन्छौं ।

अब आउने निर्वाचनमा सक्षम, सबल र निडर नेतृत्व चुन्न सकियोस् । यसले नै प्राधिकरण र आम कर्मचारीको भविष्य निर्धारण गर्छ । अन्त्यमा, राजनीतिक विचार र आस्थाबाट प्रेरित भएर होइन संस्था जोगाउन भोट हाल्नुस् । हामी बाहिर सूर्य, रुख वा हलोमा भोट हालौंला के–केमा भोट हाल्ने हो हालौंला तर यो निर्वाचनमा प्राधिकरणभित्र प्रवेश गरिसकेपछि संस्था र आम कर्मचारीको हितमा कर्मचारी संघलाई रोज्नुहुनेछ भन्ने आशा छ । एक पटक कर्मचारी संघलाई आधिकारिकता प्राप्त गर्न सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="