Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माघ महिनामा पनि कर्मचारी सरुवा गर्न प्राधिकरण नेतृत्वको ध्यानाकर्षण

ऊर्जा खबर माघ २८, २०७५   2507

खबर



काठमाडौं– कर्मचारीले माग गरे बमोजिम सरुवा प्रक्रिया मिलाउन नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । कर्मचारी सेवा विनियमावलीको सरुवा सम्बन्धि व्यवस्था अनुरुप कर्मचारी सरुवा गराउन ३ ट्रेड युनियनले ध्यानाकर्षण गराएका हुन् ।

गत चैत र असोजमा कर्मचारीको सरुवा नभएपछि माघ महिनामा पनि सरुवा गर्नुपर्ने ट्रेड युनियनको माग छ । यो महिनामा प्राधिकरणको विनियममा उल्लेखित अवधि पूरा गरेका वितरण तथा ग्राहक सेवा निर्देशनालय र अन्य निर्देशनालयका विभाग अन्तर्गत कार्यरत कर्मचारीको इच्छा अनुसार सरुवा हुनुपर्नेमा युनियनले जोड दिएका छन् ।

प्राधिकरणमा कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन ), राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद गरी ३ ट्रेड युनियन क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="