Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ट्रंक लाइन अध्ययन समितिको काम गोलमाल, अनुसन्धान गर्न अख्तियार छिर्यो

ऊर्जा खबर असार २६, २०७६   3336

खोज



काठमाडौं— ट्रंक लाइन प्रयोग गरेर विद्युत उपभोग गर्ने ग्राहकको महसुल उठाउने विषयबारे विवाद भएपछि गठन भएको अध्ययन समितिले परिणाम ल्याउन सकेको छैन । प्राधिकरणका सम्बन्धित शाखाबाट यकिन तथ्यांक उपलब्ध नगराउँदा काम प्रभावकारी हुन नसकेको हो ।

लोडसेडिङमा बसेका वा २० घन्टाभन्दा बढी विद्युत उपभोग गरेका र नगरेका ग्राहकको संख्या छुट्ट्याउन नै समितिलाई हम्मे परेको छ । सम्बन्धित वितरण केन्द्रबाट समयमा तथ्यांक उपलब्ध नगराउने, यकिन डाटा नआउने र कर्मचारीले आलटाल गर्दा २ महिनासम्म अध्ययनको निचोड निस्कन सकेको छैन ।

प्राधिकरणले विगत ३ वर्षदेखि डेडिकेटेड लाइनबाट विद्युत लिएका ग्राहकसँग सोही अनुरूपको महसुल उठाएको छैन । गत चैतसम्म उठाउनुपर्ने महसुल करिब १० अर्ब रुपैयाँ रहेको प्राधिकरणले नै स्वीकार गरेको छ । यद्यपि, कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समयमा २० घन्टाभन्दा कम विद्युत खपत गरेकाले महसुल तिर्न नपर्ने बताउँदै आएका छन् ।

उता उद्योगी व्यवसायीले एकै पटक धेरै रकमको बिल पठाएको र सुरुमै बिल नगरेको भन्दै थप महसुल तिर्न नसकिने बताउँदै आएका छन् । उनीहरूले २० घन्टाभन्दा बढी विद्युत उपभोग नै नगरेको दाबी गरेका छन् । प्राधिकरणको लापरबाहीका कारण व्यवसायीले दुःख पाएको उनीहरूको तर्क छ ।

यही विवाद मिलाउन प्राधिकरणले एक महिनाभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउन गत बैशाख २७ गते सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा समिति गठन गरेको थियो । तर, दुई महिना हुँदासम्म अध्ययनको सार नआएको प्राधिकरणकै एक उच्च अधिकारीले बताए ।

सञ्चालक पुनले भने अब एक सातामा प्रतिवेदन बुझाउने तयारी भइरहेको बताए । सम्बन्धित शाखाबाट प्राप्त तथ्यांक रुजु गरेर अन्तिम रूप दिने काम भइरहेको छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘सम्भवतः एक सातामा सबै काम सकिन्छ ।’

पुनले एक सातामा प्रतिवेदन तयार हुने बताए पनि प्राधिकरणकै एक अधिकारीले त्यसरी कामै हुन नसकेको बताए । ‘ग्राहकहरू को कति लोडसेडिङमा बसेका छन् भन्ने धेरै तथ्यांक म्यानिपुलेट गरिएको छ,’ उनले भने, ‘प्रतिवेदन नै बुझाए पनि वास्तविकता बाहिर आउँदैन ।’ विस्तृत अध्ययन गर्ने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै दिनुपर्ने ती अधिकारीको तर्क छ ।

अख्तियारले अनुसन्धान सुरु गर्यो

ट्रंक लाइन महसुलको विषय धेरै विवादित र भ्रष्टाचार भएको विषय बाहिर आएपछि अख्तियारले पनि अनुसन्धान सुरु गरेको छ । ट्रंक लाइनमा को कसको संलग्नता छ वा कहाँ गलत भएको छ भन्ने विस्तृत विषय पत्ता लगाउन अनुसन्धान अधिकृत खटाइएको अख्तियार स्रोतको भनाइ छ ।

ट्रंक लाइन महसुल नउठेको विषयमा संसदको सार्वजनिक लेखा समितिमा दुई पटक छलफल भइसकेको छ । पहिलो बैठकमा कार्यकारी निर्देशक घिसिङ र सांसदहरूबीच चर्काचर्की नै भएको थियो । सांसदहरूले थप अनुसन्धान गर्न अख्तियारलाई लेखेर पठाउनुपर्ने बताएका थिए ।

सांसदहरू अमनलाल मोदी, राजेन्द्रकुमार केसी, लेखराज भट्ट लगायतले प्राधिकरण नेतृत्वबाट बदमासी भएको ठहर गरेका थिए । अर्का सांसद महेश थापाले संसदमै ट्रंक लाइनको महसुल नउठाउनुमा आर्थिक अनियमितता जोडिएको र थप अध्ययन हुनुपर्ने बताएका थिए ।

प्राधिकरणले ६० दिनसम्म महसुल नतिरे सर्वसाधरणको लाइन काट्ने गरेको छ । तर, यहाँ दर्जनौं उद्योगले ३ वर्षसम्म ट्रंक लाइनको महसुल नतिर्दा उन्मुक्ति त दिइएको छ नै अझ ढाकछोप पनि गरिएको छ ।

हिजो लोडसेडिङको समयमा प्राधिकरणका हाकिमहरूले उद्योगीसँग घुस लिएर बिजुली दिने गरेको आरोप लागेको हो । उनीहरूले सर्वसाधारणको भागको बिजुली काटेर उद्योगलाई दिएबापत निरन्तर घुस असुल गर्ने गरेका थिए ।

प्राधिकरणको नेतृत्वमा घिसिङ आएपछि लोडसेडिङ अन्त्य भयो । कारण उनले विगतका हाकिमले गरेभन्दा ठीक उल्टो गरे– उद्योगको बिजुली काटेर सर्वसाधारणलाई बाँडे । योसँगै भारतबाट बढी विद्युत किने । वर्षौंदेखिको अँध्यारोबाट सर्वसाधारणले मुक्ति पाए । यता उद्योगधन्दा चौपट भएको भन्दै उद्योगीले गुनासो गर्न छोडेनन् ।

प्राधिकरणले हिजो लुकाएर बिजुली दिन्थ्यो र दिनेहरूबाट चर्को महसुल असुल पनि असुल गर्थ्याे । केही हाकिमले टेबलमुनिबाट कमिसन पनि नलिएका होइनन् । तर, अहिले दिनमा २० घन्टा जति बिजुली दिइएको छ । र, महसुल नउठाएर भारि छुट दिइएको छ ।

बिजुली हिजो लुकाएरै दिइएको थियो । आज पनि लुकाएर दिइएको छ । फरक यत्ति देखियो, हिजोका हाकिमले केही आफूले खाएर चर्को महसुल उठाएका थिए । आजका हाकिमले आफूमात्र खाएर प्राधिकरणलाई घाटा पुर्याएको देखियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="