Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरण सञ्चालक थानीको राजीनामा, निर्णय तहमा जटिलता थपिँदै

ऊर्जा खबर कार्तिक ०३, २०७६   7119

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यव्यस्तता देखाउँदै आज (आइतबार) प्राधिकरण अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसमक्ष राजीनामा बुझाएका हुन् ।

कार्यव्यस्तताको कारण खुलाउँदै थानीले पदबाट राजीनामा दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । तर, मन्त्री पुनले यसबारे केही निर्णय नगरेको बताइएको छ । थानीसँग धेरै पटक जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । उनले करिब ५ बजे आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्– नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्य पदबाट मैले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद…

ad

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले थानीलाई सञ्चालकमा ल्याएका थिए । पूर्वमाओवादी नेतृत्वको सरकारका मन्त्री शर्मा तथा अहिले नेकपा सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुनले समेत उनलाई वौद्धिक र अप्ठ्यारोमा परामर्श दिन सक्ने सञ्चालक मान्ने गरेका छन् ।

प्राधिकरणका जटिल विषयमा निर्णय गर्नुपर्दा मन्त्री पुनले समेत थानीसँग आवश्यक सल्लाह तथा परामर्श लिने गरेको अर्का एक सञ्चालक स्मरण गर्छन् । नेकपा समर्थित सञ्चालकहरू रहेको प्राधिकरणमा थानीले एक्लै प्रतिपक्षको भूमिका समेत निर्वाह गर्दै आएका थिए ।

ट्रंक लाइन महसुल प्रकरण होस् वा चमेलिया जलविद्युत आयोजनाको भेरियसनका विषयमा उनी खरो रूपमा सञ्चालक समितिमा प्रस्तुत हुने गरेका थिए । मन्त्री पुन र कार्यकारी निर्देशक कुलमान घिसिङले सुरुमा ट्रंक लाइन महसुल मिनाहा दिने निर्णय गरेका थिए । तर, थानीकै पहलमा पछि महसुल उठाउने निर्णय भएको प्राधिकरण अधिकारी बताउँछन् ।

थानीलाई सञ्चालकहरू भक्तबहादुर पुन, चेतराज जोशी, विश्वप्रकाश गौतमले समेत साथ दिएका थिए । मुख्यतः पुनको अध्ययन प्रतिवेदन कार्यान्वयनमा थानी सहितका सञ्चालकले दबाब र अडान लिएका थिए । यही कारण सिंगो सञ्चालक समितिले टं«क लाइन महसुल उठाउनुपर्ने भन्दै धारणा परिवर्तन गरेको थियो ।

प्राधिकरणमा थानीले प्रतिपक्षको भूमिका निर्वाह गरेकै कारण कतिपय विवादित विषयमा निर्णय लिन सञ्चालक समितिलाई सजिलो भएको सञ्चालकहरू नै स्वीकार्छन् । उनले राजीनामा दिएपछि अब संस्थाभित्रका विवादित विषय कसरी टुंगो लाग्छन् भन्ने प्रश्न उठेको छ ।

भक्तबहादुर पुन संयोजक रहेको समितिले पछिल्लो समय अध्ययन गरेर ट्रंक लाइन महसुलबारे नयाँ प्रतिवेदन दिए पनि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अन्योल देखिएको छ । योसँगै ठेक्कापट्टासँग सम्बन्धित दर्जनौं भेरियसनका मुद्दा छन् । अझैसम्म चमेलियाको भेरियसन टुंगिएको छैन ।

प्राधिकरणले उल्लेखित विषय सजिलै टुंग्याउँछ वा त्यहाँभित्र चर्को आर्थिक अनियमितता हुन्छ त्यो भने हेर्न बाँकी छ । यद्यपि, थानी वा उनी जस्ता योग्य सञ्चालकको अनुपस्थितिमा विवादित विषय टुंग्याउन प्राधिकरणलाई हम्मे पर्ने देखिन्छ ।

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने थानीले अहिले एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी सम्हालिरहेका छन् । उनी यसअघि नेपाल इन्जिनियरिङ एसोसियसनको महासचिव तथा इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार थिए । साथै, केही समय सडक बोर्ड नेपालको सञ्चालक समेत रहेका थिए ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर उनले समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गरेका छन् । यस्तै, एलएलबी गरेर कानुन व्यवसायीको अनुमतिपत्र समेत लिएका थानीलाई प्राधिकरण नेतृत्व हाँक्ने व्यक्तिको रूपमा समेत चर्चा गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="