Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विनियम विपरितकाे सरुवा सच्चिने, माग पूरा नभए कर्मचारीले आन्दोलन चर्काउने

ऊर्जा खबर असार ०५, २०७६   3686

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले हालै भएको कर्मचारी सरुवा विनियम विपरित भेटिए सच्याउने भएको छ । गत जेठ ३१ गतेकाे सरुवा विनियम मिचेर गरिएको भन्दै कर्मचारी आम्दोलनमा उत्रिएपछि व्यवस्थापन पक्ष त्यसलाई सच्याउन तयार भएको हो ।

व्यवस्थापन पक्षसँगको वार्तापछि सरुवामा भएको त्रुटी सच्याउने सहमति बनेको प्राधिकरण आधिकारिक ट्रेड युनियन (राष्ट्रिय कर्मचारी युनियन) का संयोगक रामेश्वर पौडेलले बताए । उनका अनुसार कर्मचारी सरुवामा भएका कमी कमजोरीबारे अध्ययन गर्न ५ सदस्यीय समिति बनेको छ ।

व्यवस्थापनका ३ र आधिकारिक ट्रेड युनियनका २ जना सदस्य सम्मेलित समितिले अहिले विनियम मिचेर सरुवा भएका कर्मचारीको नामावली संकलन गरिरहेको पनि उनले बताए । छुट्टा छुट्टै तयार पारिएको नामावलीबारे शुक्रबार समितिमा छलफल हुने उनको भनाइ छ ।

‘कार्यकारी निर्देशकलाई समेत गुम्राहामा राखेर कर्मचारी सरुवा गरियो,’ उनले भने, ‘चर्काे विराेधपछि त्रुटी सच्याउन व्यवस्थापन पक्ष सहमत भएको छ । सहमती कार्यान्वयन नभए आन्दोलन अझै चर्काउँछौ ।’ अहिलेको त्रुटी सच्याउन प्रदेश संरचना अनुसार अवधि पूरा भएका कर्मचारीको मात्रै सरुवा गरिनु पर्नेमा उनले जोड दिए ।

अवधि पूरा नभएकाको सरुवा फिर्ता हुनुपर्ने, अपंगता भएकालाई दुर्गममा पठाउन नहुने, प्रदेश संरचनाका आधारमा मात्रै सरुवा गरिनु पर्नेलगायत माग युनियनले राखेको छ । मृत्यु भएका कर्मचारीकाेसमेत सरुवा गर्दा भएकाे गम्भिर त्रुटी पनि सच्याउन सुझाव दिएकाे उनले बताए ।

मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउनु पर्ने, देशभरका वितरण केन्द्रमा एकद्वार प्रणाली लागु हुनुपर्ने, ग्राहकले छिटो छरितोरूपमा सेवा लिन पाउनुपर्ने, १ र २ तहका कर्मचारीकाे शैक्षिक याेग्यताअनुसार पदाेन्नती तथा स्तराेन्नती हुनुपर्नेलगायत ८७ सुत्रिय माग पनि व्यवस्थापनसमक्ष युनियनले राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="