Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरण ट्रेड युनियन चुनाव विवाद, निर्वाचन र मतदान अधिकृतको कार्यालयमा तालाबन्दी

ऊर्जा खबर चैत २, २०७५   3419

खबर



काठमाडौं–नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले  आधिकारिक ट्रेड युनियन मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ । संघले आगामी बैशाख १९ गतेका लागि तोकिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन सार्न माग गर्दै तालाबन्दी गरेको हो ।

क्रियाशिल ट्रेड युनियनहरुसँगको सहमति बिना मतदाता नामावली प्रकाशित गरिएकाले ताला लगाएको संघ अध्यक्ष जनार्दन भट्टराईले बताए । उनले आगामी जेठ ३ देखि ११ गतेको बिचको मितिमा निर्वाचन गराउन माग राखेको बताए ।

निर्वाचन आचारसंहित लागिसकेपछि सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको भन्दै प्राधिकरण व्यवस्थापनले भट्टराईलाई स्पष्टिकरण सोधेको छ । उनले भट्टराईलाई स्पष्टिकरण पनि फिर्ता हुनेपर्ने माग राखेका छन् ।

यता हार्ने अवस्था आएपछि संघले निर्वाचन बिथोल्ने प्रपन्च रहेको राष्ट्रिय कर्मचारी युनियनले आरोप लगाएको छ । ‘पहिले पनि संघकै आग्रहमा फागुनमा हुने निर्वाचन बैशाखमा सारिएको हो,’युनियन संयोजक रामेश्वर पौडेलले भने,‘अहिले हार्ने संकेत पाएपछि फेरी सार्ने षडयन्त्र हुँदैछ ।’

उनले निर्धारित मितिमा निर्वाचन गराउन व्यवस्थापनसँग मागसमेत गरे । कर्मचारी सरुवाको विषयलाई निर्वाचनसँग जोड्नु सही नभएको पौडेलले बताए । उनले निर्वाचन अधिकृतकाे कार्यालयमा लगाइएकाे ताला तत्काल खाेली कर्मचारीकाे अधिकार कुण्ठित गर्ने अराजक गतिविधिमा संलग्नलाई कारबाहीकाे माग पनि गरे ।

प्राधिकरण व्यवस्थापनले बैशाख १९ मै निर्वाचन हुने स्पष्ट पारेको छ । पटक पटक मिति सार्दा निर्वाचन विथोलिने व्यस्थापनको भनाइ छ ।
प्राधिकरणमा संघ, युनियन र कर्मचारी कल्याण परिषद गरी ३ ट्रेड युनियन सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="