Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणमा १ हजार बढी पदमा रोजगारीको अवसर

ऊर्जा खबर असार १३, २०७६   3862

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न तह र सेवा समूहमा रिक्त अधिकृत तथा सहायक स्तरमा १ हजार बढीको आवेदन खुल्ला गरेको छ । लोक सेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न प्राधिकरणले आवेदन खुलाएको हो ।

खुल्ला र बढुवातर्फ गरी १ हजार ३८ कर्मचारीको पदपूर्ति गरिने प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयले जनाएको छ । प्राधिकरणका अनुसार खुल्लातर्फ ६ सय ५५ जना कर्मचारीको पदपूर्ति गरिनेछ ।

ad

२ देखि ११ तहका लागि आवेदन मागिएकामा १० तहसम्म खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गरिनेछ । ३ सय ८३ जना कर्मचारीको पदपूर्ति आन्तरिक प्रतिस्पर्धाका आधारमा गरिने प्राधिकरणले जानकारी दिएको छ ।

सूचना प्रकाशित भएको मिति (शुक्रबार) ले २१ दिन अर्थात आगामी भदौ ४ गतेभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने छन् । उक्त मितिभित्र सम्भव नभए भदौ ९ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस