Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माघ ३ गतेभित्र सम्झौता नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

ऊर्जा खबर पुष २५, २०७५   4234

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आगामी माघ ३ गतेभित्र सेवा सम्झौता नगर्ने सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले अफ्नो प्रसारण तथा वितरण टावर (पोल) प्रयोग गरेर सेवा दिने कम्पनीलाई पत्राचार गरेर सम्झौताका लागि बोलाउँदा नआएपछि यस्तो चेतावनी दिएको हो ।

ad

पोल प्रयोग गरेर अप्टिकल केबलमार्फत टेलिभिजन, टेलिफोन तथा इन्टरनेट सेवा दिने कम्पनीलाई पुस १९ गतेको मितिले १५ दिनभित्र माग बमोजिमका कागजात र बैंक जमानतसहित सम्झौता गर्न आउन प्राधिकरणले ताकेता गरेको छ ।  सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले दिएको समय सीमा सकिन अब ९ दिन बाँकी छ ।

प्राधिकरणको अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्देशिका २०७३ (संसोधन सहित) अनुसार टेलिफोन, टेलिभिज, इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले प्रसारण तथा वितरण पोल/टावर प्रयोग गरेमा अनिवार्य स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । प्राधिकरणले देशैभरि विस्तार गरेको अप्टिकल फाइबर प्रयोगको शुल्क बढाएर सम्झौता गर्न पत्राचार एवं सूचना जारी गरेर बोलाए पनि सेवा प्रदायक कम्पनीले अटेर गर्दै आएका छन् । अहिलेसम्ममा एनसेलबाहेकका कुनै सेवा प्रदायक कम्पनी सम्झौताका लागि नआएको प्राधिकरणले जनाएको छ ।

ad

प्राधिकरणले सहरमा अव्यवस्थितरूपमा तानिएका केबल व्यवस्थापन गर्न भन्दै गत साउनमा देशभर विस्तार भएको अप्टिकल फाइबर प्रयोगको शुल्क बढाउने निर्णय गरेको थियो ।  प्राधिकरणको पोल प्रयोगबाट यी कम्पनीले ठूलो आम्दानी तथा मुनाफा कमाउने गरेका छन् ।

प्राधिकरणले यसअघि विस्तार गरेको ‘अर्थ वायर लाइटिङ पोर्ट’ विस्थापित गरी सबै ठाउँमा ‘अप्टिकल फाइबर ग्राउण्ड वार (ओपिजिडब्लू)’ राखेको छ । देशभरका ६६ केभीभन्दा बढी क्षमताका प्रसारण लाइनसँगै अप्टिकल फाइबर छ । सेवाप्रदायकले अब अप्टिकल फाइबर र विद्युतीय पोलमा तार तानेबापत नयाँ शुल्क तिर्नुपर्नेछ । नियम पालना नगर्नेको तार काटिने पनि प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणका अनुसार ३३ केभी भोल्टेजको अप्टिकल फाइबर प्रयोग गर्दा सेवाप्रदायकले मासिक प्रतिकिलोमिटर प्रतिकोर २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । यस्तै, ६६ केभी भोल्टेजमा मासिक प्रतिकिलोमिटर प्रतिकोर ६ हजार रुपैयाँ भाडा तिर्नु पर्छ ।

प्राधिकरणको पोलमा तार तानेर सेवाप्रदायकले दुई प्रकारले सेवा दिँदै आएका छन् । ती ब्याक बोन केबल (एक ठाउँबाट केबल तानेर बीचमा नछुटाई लक्षित बिन्दुसम्म पुर्याउने) र डिष्ट्रिब्युसन अप्टिकल फाइबर (एक ठाउँबाट विभिन्न क्षेत्रमा वितरण गरिने) हुन् । ब्याक बोन केबल तान्दा मासिक प्रतिकिलोमिटर प्रतिकोर ३ सय रुपैयाँ तिर्नुपर्छ ।

डिष्ट्रिब्युसन अप्टिकल फाइबर सेवा दिँदा २४ कोरसम्म मासिक १२ हजार रुपैयाँ तिनुपर्छ । २५ देखि ४८ कोरसम्म मासिक १९ हजार र ४९ कोरदेखि माथि मासिक २७ हजार रुपैयाँ तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="