Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निवेदन दिएको ७ दिनभित्र ग्राहकले सिंगल फेज मिटर पाउने

ऊर्जा खबर पुष २६, २०७५   1608

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणका सिंगल फेज ग्राहकले निवेदन दिएको ७ दिनभित्र नयाँ मिटर पाउने भएका छन् । आवेदन दिएको लामो समयसम्म पनि सुनुवाई नहुने गुनासो बढेकाले सेवा छिटो छरितो र प्रभावकारी बनाउन प्राधिकरणले एक सातामा मिटर जडान गर्ने प्रतिबद्धता जनाएको हो । प्राधिकरणको वितरण प्रणालीबाट विद्युत सेवा लिने घरायसी ग्राहक अधिकांश सिंगल फेज मिटर प्रयोगकर्ता छन् ।

यसैगरी, थ्री फेज मिटरको हकमा नयाँ जडान गर्न २ साता लाग्ने छ । थ्री फेजका ग्राहकले आवेदन दिएका् १५ दिनमा मिटर जडान भइसक्ने प्राधिकरणले जनाएको छ । औद्योगिक ग्राहकले लिने डिओडी मिटरका लागि आवेदन दिएको ३० दिनभित्र जडान गरिने भएको छ ।

एउटा मिटर जडान गर्न ग्राहकले महिनौ धाउनु पर्ने परम्पराको अन्त्य गर्न तथा कार्यलय प्रमुख र कर्मचारीलाई जिम्मेवार बनाउन यस्तो व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनपछि प्राधिकरणको देशभरका वितरण केन्द्रमा मिटर जडानबारेको सूचना राख्न सुरु गरिएको छ । अब हरेक वितरण केन्द्रले आफुले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नु पर्नेछ ।

यस्तै, सिंगल फेजको मिटर जलेमा वा विग्रिएमा एक दिन, थ्री फेज मिटर ३ दिन र डिओडी मिटर १० दिनभित्रमा जडान तथा मर्मत गर्ने प्रतिबद्धा प्राधिकरणले जनाएको छ । सर्भिस केवल तथा वितरण लाइन बिग्रेमा ग्राहकले १२ बजेसम्म जानकारी गराएमा सोही दिन वा भोलिपल्ट मर्मत गरिसक्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

मिटर रिडिङ र बिल सम्बन्धी समस्याबारे १२ बजेसम्म जानकारी आएको अवस्तामा सोही दिन वा भोलिपल्ट समाधान गगरिनेछ । प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोवाइल नम्बरमा वा जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा अभिलेख गर्न सकिने व्यवस्था  प्राधिकरणले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="