Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५ महिनामा प्राधिकरणका १ सय २७ कर्मचारीले अनिवार्य अवकास पाउँदै

ऊर्जा खबर पुष २२, २०७५   3664

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणका १ सय २७ कर्मचारीले अबको ५ महिनामा अनिवार्य अवकास पाउने भएका छन् । २०७५ माघदेखि २०७६ जेठ महिनाको अवधिभित्र उमेर हदका कारण यी कर्मचारीले प्राधिकरणबाट अवकास पाउन लागेका हुन् ।

अनिवार्य अवकास पाउने लाइनमा देशभरका कार्यालयमा कार्यरत ११ तहमा कार्यरत निर्देशकदेखि २ तहका कार्यालय सहयोगीसम्म रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आगामी माघ महिनामा २४ कर्मचारीले अवकास पाउँदै छन् ।

यस्तै, फागुन महिनामा २० जनाले अवकास दिने प्राधिकरणले निर्णय गरेको छ । चैत महिनामा थप १६ जनालाई प्राधिकरणले अवकास दिने भएको छ ।

यसैगरी, २०७६ वैशाख महिनामा सबैभन्दा बढी ४२ जना प्राधिकरण कर्मचारी सेवाबाट बाहिरिने भएका छन् । जेठ महिनामा २५ जनालाई अवकास दिइने प्राधिकरणले जनाएको छ ।

यसअघि २०७५ को वैशाखदेखि पुससम्मको अवधिमा २ सय २१ जना कर्मचारीले अवकास पाएका छन् । पुस महिनामा मात्रै अवकास पाउनेमा १८ जनाको नाम छ । जसमा १६ जनाले अवकास पाइसकेका छन् । थप २ जनाको कार्यावधि आगामी मंगलबार पूरा हुँदैछ ।

प्राधिकरण अन्तर्गत देशभर करिब १० हजार कर्मचारी कार्यरत छन् । प्राधिकरणले उमेर हद पुगेका कर्मचारीलाई अवकास दिने तथा नयाँ दरबन्दी परिपूर्ति गर्न समय समयमा प्रतिस्पर्धा आह्वान गर्दै आएको छ ।

अवकास पाउने कर्मचारीकाे संख्या बढ्दा निवृत्तिभरणमा खर्च हुने प्राधिकरणकाे व्यायभार पनि थपिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="