Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निक इलेक्ट्रो टेक प्रदर्शनी २०१८  हुने

ऊर्जा खबर मङि्सर २५, २०७५   2865

खबर



काठमाडौं– निक इलेक्ट्रो टेक प्रदर्शनी २०१८ आयोजना हुने भएको छ । नेपाल विद्युतीय व्यापार महासंघले आगामी पुस ६ देखि १० गतेसम्म ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराका दिएर प्रदर्शनीको नवौं संस्करण आयोजना गर्न लागेको हो ।

ad

विद्युत तथा विद्युतीय सामाग्रीको व्यवसाय विकास गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुने महासंघ उपाध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए । उनका अनुसार प्रदर्शनीमा विद्युतीय व्यापारसँग सम्बन्धित ७७ वटा स्टल राखिनेछ ।

प्रदर्शनी हलभित्र ५१ र बाहिर २६ स्टल रहने गरी प्रदर्शन िस्थलको व्यवस्थापन गरिनेछ । प्रदर्शनीमा स्वदेशी एवं विदेशी कम्पनीका विद्युतीय सामाग्री तथा उपकरण राखिने आयोजकले जनाएको छ ।

ad

स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका प्रसारण तथा वितरण सामाग्री, केबुल एवं कण्डक्टर, लाइटिङ र बहुसञ्चार उपकरणसहित विविभ विद्युतीय उपकरण प्रदर्शन गरिनेछ । वैकल्पिक ऊर्जा प्रविधि सम्बन्धि स्टल पनि राखिने पौडेलले बताए ।

प्रदर्शनीमा आउने उपभोक्ताले विद्युतीय उपकरणकाबारेमा जानकारी लिन पाउनेछन् । विद्युतीय उपकरण खरिद गर्ने ग्राहकको हकमा छुट्टै बिक्री स्टल राखिनेछ ।
प्रदर्शनीलाई थप सूचना तथा जानकारी मुलक बनाउन विविध विषयमा कार्यशाला गोष्ठीको आयोजना गरिनेछ ।

५ दिने प्रदर्शनी १ लाखले अवलोकन गर्ने आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="