Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अब नेपालको विद्युत प्रणाली भारतसँग जोडिने, कार्यदलद्वारा प्रतिवेदन स्वीकृत

ऊर्जा खबर असार २७, २०७६   2066

खबर



काठमाडौं— विद्युत आपूर्तिमा एकरूपता र सेवालाई गुणस्तरीय बनाउन नेपाल र भारतको विद्युतीय प्रणाली आपसमा जोडिने (सिंक्रोनाइजेसन हुने) भएको छ । विद्युत व्यापार सम्झौता (पिटिए) अन्तर्गतको नेपाल–भारत ‘संयुक्त सञ्चालन कार्यदल’ले यससम्बन्धी प्रतिवेदन पास गरेसँगै प्रक्रिया सुरु भएको हो ।

नयाँ दिल्लीमा भएको कार्यदलको पाँचौ बैठकमा नेपालका ८ सबस्टेसनमार्फत यताको प्रणाली भारतसँग जोड्न दुवै पक्ष सहमत भएका छन् । ढल्केबर, चन्द्रनिगाहपुर, बुटवल, भरतपुर, हेटौंडा, भक्तपुर र कामना सबस्टेसन भारतीय प्रणालीमा आवद्ध हुनेछन् । साथै, नेपाल र भारतको भार प्रेषण केन्द्रबीच सूचना तथा तथ्यांक आदानप्रदान हुनेछ । यसका लागि एसपिएस आवश्यक पर्छ । र, ग्रिड सिंक्रोनाजेसनमा एसपिएस एक पूर्व सर्त हो ।

भारतीय प्रणालीसँग आवद्ध हुन उक्त सबस्टेसनमा विशेष सुरक्षा प्रणाली (एसपिएस) जडान हुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार दुई देशको ग्रिड वा प्रणाली आपसमा जोडिएपछि नेपाल वा भारतीय प्रणालीमा खराबी आउँदा यस्तो खराबी न्यूनिकरण हुनेछ । ‘यस्तो प्रणालीका कारण सानो भाग वा क्षेत्रमा मात्र समस्या देखिन्छ,’ उनले भने, ‘प्रणालीको ठूलो हिस्सा दुर्घटना हुनबाट जोगिन्छ ।’

जति ठूलो परिमाणमा विद्युत आदानप्रदान (लिनेदिने) हुन्छ त्यति नै बढी प्रणाली सुरक्षामा ध्यान दिनुपर्ने अधिकारीको भनाइ छ । उनका अनुसार भारतसँग ग्रिड सिंक्रोनाइजेसन भएपछि आवश्यक पर्दा जति पनि विद्युत ल्याउन र लैजान सकिन्छ ।

बैठकले अन्तरदेशीय प्रसारण लाइन मर्मत–संभार तथा स्तरोन्नती गर्न वार्षिक कार्ययोजना बनाएर काम गर्ने निर्णय पनि गरेको छ । यस्तो अवस्थामा भारतले प्रणाली बन्द (सट डाउन) गर्दा नेपाललाई र नेपालले गर्दा भारतलाई जानकारी गराउनुपर्ने सहमति भएको छ ।

सिंक्रोनाइजेसनले नेपालको सानो प्रणाली भारतको विशाल सञ्जालमा आवद्ध भई दुवै देशलाई फाइदा हुने पूर्वजलस्रोत सचिव किशोरबाबु अर्यालले बताए । ‘ग्रिड सिंक्रोनाइजेसन राम्रो हो, हामीले सार्क ग्रिड बनाउने कुरा गरिरहेका छौं,’ उनले भने, ‘भारतसँगको आवद्धताले सार्क प्रणालीमा जोडिने आधार बन्छ ।’

प्रतिवेदन स्वीकृत भए पनि यसको ठोस कार्यान्वयन हुनेमा प्राधिकरण आश्वस्त देखिएको छैन । भारतसँगका सम्झौता, समझदारी तथा सहमतिको ठोस् कार्यान्वयन भएको छैन । ग्रिड सिंक्रोनाइजेसनको परिणाम आउन वर्षौं कुर्नुपर्ने देखिन्छ ।

नेपालको प्रणालीमा हालसम्म करिब १२ सय मेगावाटमात्र विद्युत उपलब्ध छ । तर, भारतको प्रणालीमा ३ लाख ५६ हजार मेगावाट छ । त्यहाँ विद्युत माग नै १ लाख ८० हजार मेगावाट छ । यो विशाल प्रणालीमा जोडिन त्यही अनुसार उच्च क्षमता र गुणस्तरीय सुरक्षा प्रणाली निर्माण गर्नुपर्ने देखिन्छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनसँगै न्यू–बुटवल–गोरखपुर न्यू लाई पनि सिंक्रोनाइजेसन सूचीमा राखिएको छ । २०७५ माघ ९ र १० गते पोखरामा भएको दुवै देशका सचिवस्तरीय संयुक्त बैठक (जेएससी) ले ग्रिड सिंक्रोनाइजेसनमा काम गर्न प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="